१० श्रावण २०८३, आइतबार | July 26, 2026

राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रका लागि तेश्रो जनआन्दोलन : कमल थापा



विरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य ल्याउनका लागि तेश्रो जनआन्दोलन शुरु गरेको बताएका छन ।

आईतबार विरगंजमा आयोजना गरेको आमसभामा बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यावस्था र शासकहरुबाट मुक्तिको लागि विकल्पमा राजा सहितको प्रजातान्त्रिक व्यावस्था ल्याउन आन्दोलन शुरु गरेको बताएका हुन ।

राजसंस्था, हिन्दु राष्ट्र ल्याउन र जनताले चुनेको प्रधानमन्त्रीबाट देशको आर्थिक समृद्धि गर्ने राप्रपा नेपालको मुख्य उद्देश्य रहेको थापाले बताएका छन ।  राष्ट्रियता र एकताको प्रतीकको रुपमा राजसंस्थालाई कायम राख्न सक्यौं भने यो देशको अस्तित्व शान्ति र आर्थिक समृद्धि सुनिश्चित हुने भएकोले राजालाई पनि ठाउँ दिनुपर्छ भन्ने माग गर्नु परेको पनि उनको भनाइ छ ।

राजादेखि माओवादीदेखि सबै अटाउने व्यावस्था नै नेपालको आर्थिक समृद्धिको मूल आधार भएकाले कसैलाई निषेध नगरी राजसंस्था सहितको प्रजातन्त्र ल्याउन सम्भव भएको बताए । देशको भूराजनीतिक अवस्था, धार्मिक सांस्कृतिक परिवेशले पनि राजनीति भन्दामाथि एउटा संस्था आवश्यक हुन्छ भन्ने विगत १७-१८ बर्षको राजनीतिक व्यावस्थाले आवश्यकता औल्याएकोले अब राजसंस्था र हिन्दु राष्ट्र स्थापना गरि राजासहितको प्रजातन्त्रको पुर्नस्थापना गर्नुपर्ने उनको जिकिर छ ।

गणतन्त्र स्थापनापछि बनेका तीनवटै राष्ट्रपति राष्ट्रको पति हुन नसकेको तर्क गर्दै थापाले पार्टीको राष्ट्रपति होईन, देश र जनताको राष्ट्र प्रमुखको आवश्यकता भएकोले राजसंस्थालाई पुर्नस्थापना हुनुपर्छ भन्ने मान्यता लिएर आएको बताए । प्रधानमन्त्री बनाउँदा र हटाउँदा विदेशीको इशारामा बन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै थापाले जनताले देशको प्रधानमन्त्री जस्तो नलागेको दावी गरेका छन ।

अबको व्यावस्था राजा अभिभावक र जनताले आफैले भोट हालेर जिताएको प्रधानमन्त्री चाहिएकोले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु पर्ने थापाको भनाई थियो । सरकार आफै तस्करी र भ्रष्टाचारीमा लागेको बताउदै यसको अन्त्य गर्न यो सरकारले नसक्ने ठोकुवासमेत गरेका छन । राजनीतिक नेताहरुको अकर्मण्यताले गर्दा लाखौ युवाहरु विदेश पलायन हुन बाध्य भएको उनको भनाइ छ ।

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश साहको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राजिव पराजुली, उपाध्यक्ष तारानाथ लुईटेल, वरिष्ठ नेता बिष्णु भट्टराई महामन्त्री राजाराम बर्तौला ,शम्भु चौरशिया लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : १६ बजे

कपिलवस्तुमा बस-मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडक खण्डमा बस

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक