१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

३३ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस : ‘सरकारले दिएका छुट -सुविधाहरु पाउनै मुस्किल’



बुटवल । रुपन्देहीका ज्येष्ठ नागरिकले सरकारले उपलब्ध गराउने भनेर घोषणा गरेका सेवा सुविधाहरु सहजै पाउन नसकेको गुनासो गरेका छन् ।

उनीहरुले महिला तथा बालबालिका मन्त्रालयले उपलब्ध गराएको ज्येष्ठ नागरिक परिचय पत्रमा उल्लेख गरिएका छुट तथा सुविधाहरु पाउन मुस्किल परेको बताए । ज्येष्ठ नागरिक ऐनले तोकेको यातायात तथा स्वास्थ्य उपचारमा ५० प्रतिशतको छुट नपाउँदा मर्कामा परेको सुनाए ।

३३ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले गरेको अन्तरक्रिया तथा स्वास्थ्य शिविर कार्यक्रममा बोल्ने ज्येष्ठ नागरिकले सहजै सेवा सुविधा पाउनुपर्ने माग गरे । समाजले बुटवल ११ मा रहेको श्री नवदुर्गा मन्दिरमा अन्तरक्रिया तथा स्वास्थ्य शिविर कार्यक्रम गरेको हो ।

समाजका जिल्ला सभापति खिमप्रसाद भट्टराई कृष्णले समाजले देवीनगरका ज्येष्ठ नागरिकलाइ समेटेर कार्यक्रम गरिएको र उनीहरुलाइ मिठाइ फलफूल तथा लस्सी खुवाइएको बताए ।

खिमप्रसाद भट्टराई कृष्णको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले ज्येष्ठ नागरिकलाइ उचित सम्मान दिनुपर्ने बताए । उनले बुटवल ११ मा ज्येष्ठ नागरिकलाइ बस्ने र रमाउने बाटीका बनाउन पहल गर्ने उल्लेख गरे ।

समाजका केन्द्रीय सल्लाहकार तथा निवर्तमान सभापति गोविन्द खनालले हरेक जेष्ठ नगरिकले परिवारमा आत्मसम्मान बोध गर्ने वातावरण हुनुपर्ने र युवापु्स्ताले मातापितालाइ माया दिनुपर्ने उल्लेख गरे । उनले जेष्ठ नगरिकलाइ स्वास्थ र मनोरञ्जनको यथेष्ट प्रबन्ध हुनुपर्ने र सहयोगापेक्षी जेष्ठ नागरिकलाई सरकारले सबै जिम्मेवारी लिई सम्मानित जीवन यापनको ब्यबस्था गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल ११ ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष दण्डपानी पौडेल, बाबुराम खनाल, मन्दिर भजन मण्डलीका राधिका ज्ञवाली, क्षितिज टोलका अध्यक्ष भगवती पन्थी, पूर्व डिएसपी बिष्णुबहादुर कार्की लगायतले बोल्दै सरकारले सम्मान सम्मान गर्न नसकेको गुनासो सुनाए ।

समाजका जिल्ला उपसभापति कपिल ज्ञवालीको स्वागत तथा सचिव कृष्ण प्रसाद पाण्डेको संचालनमा भएको कार्यक्रमको संयोजन समाजका कार्यसमिति सदस्य अर्जुन कुवरले गरेका थिए ।

स्वास्थ्य शिविरमा करिब १२० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : ३६ बजे

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने