४ चैत्र २०८२, बुधबार | March 18, 2026

अपाङ्गता महिला संघ बुझायो सैनामैना नगरपालिकाका नगर प्रमुखलाई ज्ञापनपत्र



बुटवल । अन्तरपुस्ता महिलावादी मंचको नेतृत्वमा देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । मध्य आय भएका राष्ट्रमा स्तरोन्नतिका विषयमा विविधता रहेको महिलाहरुले देशव्यापी रुपमा ज्ञापनपत्र बुझाएका हुन ।

सोही अनुसार अपाङ्गता महिला संघले रुपन्देहीको सैनामैना नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकाल सहितको टोलीले बुटवल नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्मालाई भेटेर ज्ञपान पत्र बुझाएको हो ।

१३ बुँदे मागसहित रहेको ज्ञापन पत्रका वाचन गर्दे, अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकालले महिलाले गर्ने घरायसी कामको मूल्यांकन हुनुपर्ने माग गरिन् ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रमुख शर्माले महिलाका रुपमा आवाज सम्बन्धित ठाउँमा पुगोस् भन्ने उद्देश्यले ज्ञापनपत्र बुझाउन सराहनीय रहेको बताए । आगामी दिन कार्यक्षेत्रभित्र रही सहकार्य र समन्वय गर्ने र मागहरु सम्बन्धित निकायसम्म पुर्याउने बताए ।

सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्मा, महिला तथा वालवालिका शाखा प्रमुख तुल्सा ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा नेपाल सन् २०२६ मा स्तरोन्नति हुने सन्र्दभमा गत २०८० श्रावण २, ३ र ४ गते एक विचार विमर्श कार्यशाला गोष्ठिको आयोजना गरेको थियो। उक्त गोष्ठिमा सातै प्रदेशका विविधतामा रहेका महिलाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अति कम विकसीतबाट मध्य आय भएका राष्ट्रमा स्तरोन्नति नेपालको लागि सुखद उपलब्धी भएको तर यसका लागि नेपालले गर्नु पर्ने तयारी अत्यन्तै आवश्यक रहेको बारे घनिभुत रुपमा छलफल भएको र नेपाल जलवायु परिवर्तनको चौथौ, खाद्य सुरक्षामा पाँचौ तथा भुकम्पको एघारौ जोखिममा रहेको देश भएकाले उक्त कार्यशाला गोष्ठिले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहेको उल्लेख छ ।

स्तरोन्नतिबाट व्यापारमा आउने परिवर्तन र त्यसले साना तथा मझौला उद्यमी महिलामा पर्ने प्रभावका बारेमा अन्यौलता रहेको पुष्टि गरेको छ । यसका साथै पारिश्रमिक विनाको पारिवारिक हेरचाहले अर्थतन्त्रमा संलग्न लाखौं महिलाको कामको मान्यता तथा सामाजिक सुरक्षामा आवद्धताको विषयमा वृद्दि गर्नु पर्ने विषयमा सबैले केहि जानकारी नरहेकोमा, संविधानको धारा २७ ले प्रदत्त गरेको सुचनाको हक सुनिश्चित नभएको विषयमा खेद प्रकट गरेका थिए ।

स्तरोन्नतिले पार्ने असर तथा त्यसको संबोधनका लागि तयार पारिने सहज सङ्क्रमण रणनीति, लैगिंक र समावेशी दृष्टिकोणबाट तयार गरि त्यस अनुसारको कार्य योजना बनाई कार्यान्वयन गर्न अनुरोध गर्दै विज्ञप्ती प्रस्तुत गरिएको हो ।

कल्पना ढकाल, पार्वती न्यौपाने, मैयां लम्साल, प्रतिमा कंडेल, सुबि गुरुङ्ग, संगिता घिमिरे, आसा चौधरी, सिता दर्नाल, सुसीला बि।सी,गौरा नेपाली तथा सरीता केसी, अमृता थारु लगायतको सहभागीतमा ज्ञापन पत्र बुझाइएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : ५९ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको