८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

गम्भीर अपराधका दोषीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।

सोमबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेताहरू राष्ट्रपति पौडेललाई आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

३ असोज संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके तरुण दलका नेता योग ढकाल ९रिगल०लाई आममाफी दिएका थिए । जसको सर्वत्र विरोध भइरहेका बेला रास्वपााले ध्यानाकर्षण पत्र बुझाएको हो ।

‘यहाँ स्वयंले केहीको नाम काटेर सरकारको सिफारिस कार्यान्वयन गर्नुभएको चर्चा भए पनि माफी मिनाहको सूचीमा परेका बाँकेका रिगल भनिने योगराज ढकाल, बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा जन्मकैदको सजाय पाएका तरुण दलका स्थानीय नेता ढकाललाई कैदमुक्त गराउन सरकारको गरेको सिफारिस कानूनको अभिष्ट विपरीत भएको तथ्य स्पष्ट छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १२ : ५० बजे

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा

दाङ पुगेर रविले भने- मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई

वीरेन्द्रको शालिकमाथि रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, राप्रपाद्वारा अभद्र व्यवहारको भर्त्सना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वतन्त्र

विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब

नेकपा एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)

बुटवल । प्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले