६ श्रावण २०८३, बुधबार | July 22, 2026

लगातार २ दिन करेक्सनपछि सम्हालियो नेप्से



काठमाडौं । दुई दिनको करेक्सनपछि सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

यस दिन नेप्से सूचक ५.१९ विन्दुले बढेर १९७६.२९ अंकमा आएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढी वृद्धि हुँदा १ अर्ब ७३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । होटेल र उत्पादनमूलक समूहबाहेक बाँकी सबै समूह बढेका छन् ।

गत साताको बुधबार १८.६० अंक र यो साता आइतबार ३३.२० अंकले नेप्से घटेको थियो । सोमबार पनि बजार करिब २ बजेसम्म करेक्सनमै थियो । त्यसपछि भने बजारमा केही सकारात्मक माहोल देखिन थालेको हो । यसआधारमा लगातार २ दिनको करेक्सनपछि सूचक सकारात्मक देखिएको हो ।

बिहीबार भने सार्वजनिक विदाका कारण सेयर कारोबार भएको थिएन ।

यद्यपि, समग्रमा हेर्ने हो भने बजार आरालो यात्रामै छ । लामो समयदेखि बजारले गति लिन सकेको छैन । नीतिगत अवरोध र चर्को ब्याजदर नै बजार तल झार्ने मुख्य कारण मानिएका छन् । नीतिगत अवरोध जारी रहँदा आम लगानीकर्ताको बजारप्रति नकारात्मक मनोविज्ञान हावी छ । क्रेताहरु कम र बिक्रेताको सख्ंया अधिक हुँदा बजार २५ महिनादेखि बियरिस यात्रामा रहेको छ ।

यस दिन २८६ कम्पनीको ५७ लाख ७६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन लाइफ इन्सुरेन्स र सोल्टी होटेल परेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ४ : ०२ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा