४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिसबीच भेटवार्ता



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिसले भेटवार्ता गरेकी हुन् ।

गत आइतबार साँझ काठमाडौं आइपुगेकी अल्ब्राइटले आज प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन्। हिजो उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता गरेकी थिइन ।

प्रचण्ड र अलब्राइटबीच एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिना नाघेको छ । सो परियोजना कार्यान्वयनमा आएपछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको हो। गत भदौ १३ गतेबाट एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो।

अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको एमसीसी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको