१० श्रावण २०८३, आइतबार | July 26, 2026

अध्यक्ष प्रचण्डको ‘ब्रिफिङ’ : चीनसँगका समझदारी दूरगामी महत्वका



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गराएका छन ।

आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले महासभामा सहभागिताबाट विश्व समुदायले नेपाललाई नजिकबाट चिन्ने वातावरण बनेको बताए ।

प्रधानमन्त्री प्रचण्डले चीनसँग भएका सम्झौता तथा समझदारी नेपालको विकासमा दूरगामी महत्वको भएको उल्लेख गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । “संयुक्त राष्ट्र सङ्घको महासभामा विश्वसमुदायले नेपाललाई नजिकबाट चिन्ने गरी नेपालको प्रस्तुति भएको छ”, प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै उनले भने, “संयुक्त राष्ट्र सङ्घका महासचिवसँगको भेट तथा महासभाका क्रममा भएका ‘साइडलाइन’ वार्ता महत्वपूर्ण रह्यो ।”

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य तथा अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने, कृषि, विज्ञान प्रविधिलगायत क्षेत्रको विकासका लागि दुई देशबीच भएको सहमति दूरगामी महत्वका रहेको बताएको प्रवक्ता सापकाटाले जानकारी दिए ।

बैठकमा माओवादीले गत भदौ १६ गतेदेखि चलाएको रुपान्तरण अभियानका बारेमा पनि छलफल भएको थियो । बैठकले अभियानलाई प्रभावकारी बनाउने, चाडपर्वको समयमा पनि विविध कार्यक्रम गरी जनताको घरदैलोमा पुग्न नेता कार्यकर्तालाई दिशानिर्देश गरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै गत भदौ ३० गते संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्क प्रस्थान गरेका थिए । उनी न्यूयोर्कबाट सिधैँ चीन भ्रमणमा निस्किएका थिए । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण सम्पन्न गरी यही असोज १३ गते स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १ : ४१ बजे

कपिलवस्तुमा बस-मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडक खण्डमा बस

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक