८ माघ २०८२, बिहिबार | January 22, 2026

‘भेप’मार्फत सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक दावोजिन वाङका ड्राइभर पक्राउ



काठमाडौं । इलेक्ट्रिक चुरोट ‘भेप’मा मार्फत सुन तस्करी गरेको घटनाका मुख्य आरोपीका ड्राइभरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ९ किलो सुन तस्करी प्रकरणमामा मुख्य आरोपी मानिएका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको हो । उनलाई केही दिनअघि नै पक्राउ गरिए पनि आजमात्र यसबारे समाचार सार्वजनिक भएको हो । यसअघि यही प्रकरणमा सीआईबीले गत भदौ १३ गते कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ गरेको थियो । राहुल अहिले पनि थुनामै छन् । यस्तै, कृष्णबहादुर महरासँग पनि सुन तस्करी प्रकरणबारे प्रहरीले बयान कागज गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दाओजिन सहितका चिनियाँ नागरिकले २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर सुन काठमाडौँमा ल्याएका थिए । तर, भन्सार कार्यालयमा नियमित जाँचका क्रममा माघ २९ गते दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  २ : ०३ बजे

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज (फोटो फिचरसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट