२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बुटवल उद्योग वाणिज्य संघ : हिजोको गौरब र भोलिको भविस्य



बुटवल । नेपालकै जेठो उद्योग वाणिज्य क्षेत्रको नाम लिनु पर्दा आउने नाम हो बुटवल उद्योग वाणिज्य संघ । २००९ सालमा पदमचन्द श्रेष्ठले बुटवल ब्यापार मण्डलको नामबाट स्थापना गरेका एउटा ब्यवसायिक संस्था अहिले बुटवल उद्योग वाणिज्य संघको नामबाट परिचित रहेको छ ।

हाटबजारकारुपमा रहेको बटौली शहरमा ब्यापारको चहलपहल भएपनि सामाजिक क्षेत्रमा कुनै पनि संघ संस्थाहरु नरहेकै अवस्थामा बुटवल ब्यापार मण्डलको स्थापना भएको थियो । पश्चिम नेपालकै ब्यापारको केन्द्रका रुपमा रहेको बटौली बजारमा ब्यापार उधुम भएपनि ब्यापारी र ग्राहकको उपचार गर्ने स्वास्थ्य संस्था थिएन, ठुलो रकमको ब्यापार भएपनि हिसाव किताव राख्ने कुनै बैज्ञानिक पद्दती थिएन र ब्यवस्थित बजार पनि थिएन । ती सबै कुराहरुलाई मध्यनजर गर्दै २००९ साल माघ ३० गते राधेश्याम माडवाडीको गोदामघरमा भएको भेलाले पदमचन्द श्रेष्ठको अध्यक्षतामा ब्यापार मण्डलको गठन गरिएको थियो । पदम चन्दको अध्यक्षतामा गठित सोही ब्यापार संघलाई २०३५ सालमा उद्योग बाणिज्य संघ बुटवल नामाकरण गरिएको हो ।

पश्चिम नेपालकै ब्यापारको केन्द्रका रुपमा रहेको बटौली बजारमा ब्यापार उधुम भएपनि ब्यापारी र ग्राहकको उपचार गर्ने स्वास्थ्य संस्था थिएन, ठुलो रकमको ब्यापार भएपनि हिसाव किताव राख्ने कुनै बैज्ञानिक पद्दती थिएन र ब्यवस्थित बजार पनि थिएन । ती सबै कुराहरुलाई मध्यनजर गर्दै २००९ साल माघ ३० गते राधेश्याम माडवाडीको गोदामघरमा भएको भेलाले पदमचन्द श्रेष्ठको अध्यक्षतामा ब्यापार मण्डलको गठन गरिएको थियो ।

गठनका बेला ब्यापारिक हितको भन्दा सामाजिक उद्देश्य र आवश्यकतालाई ब्यापार संघले महत्व दिएको यसको इतिहासबाट देख्न सकिन्छ । स्थापनको सुरुवाती अवस्थामा नै बुटवल क्षेत्रको अग्रणी बिद्यालय आदर्श विद्या मन्दिर हाइस्कुल(हालको बुटवल माबी)लाई मासिक ३ हजार १०० आर्थिक सहयोग दिएर संघले समाजिक कामको थालनी गरेको थियो ।

सामाजिक सेवाका क्रममा विद्यालयबाट सुरु गर्नुको मुख्य कारण थियो, हिसाबकिताब राख्ने दक्ष जनशक्ति निर्माण गर्नु । प्रायः घरमा मास्टर राखेर पढेका त्यतीबेलाका साहुमहाजनलाई कामचलाउ हिसाब राख्न आएपनि खाता बनाएर हिसाब राख्न पढेको जनशक्ति आवश्यक थियो । नयाँ जनशक्तिलाई बढाइयो भने कारोबारका लागि योग्य जनशक्ति पनि बन्ने योजनका साथ शिक्षामा लगानी गरिएको बुटवलका पुराना ब्यापारीहरु बताउँछन् । सोही अभियानलाई अगाडि बढाउँदै संघले पछिल्लो समयमा लुम्बिनी वाणिज्य क्याम्पसमा पनि लगानी गरेको हो ।

हिँउदमा मात्र ब्यापार गर्न बुटवल झर्ने र हिँउदभरी हाट गर्न आउन ढाक्रेहरुले तिनाउको किनारमा खुल्ला शौच गरेका कारण हैजा जस्ता रोग लाग्नु बटौलीका लागि सामान्य जस्तै थियो । फोहर र खुल्ला शौचका कारण ब्यपारीहरु पनि धमाधम बिरामी पर्न थालेपछि ब्यापारीहरुले स्वास्थ्य संस्थाको आवश्यकता महसुस गरि तत्कालिन प्रसुति गृह र हालको लुम्बिनी प्रादेशिक अस्पताल खोलेका थिए । सो अस्पताल सरकारको स्वामित्वमा गएपछि ब्यवसायीहरुले नगरपालिकासँग मिलेर आम्दा अस्पताल खोलेका हुन् । बुटवल उद्योग वाणिज्य संघका पूर्वजहरुले सरसर्ती हेर्दा ब्यवसायिक हित भन्दा सामाजिक काम गरे जस्तो देखिएपनि त्यसको मुख्य उद्देश्य ब्यापारसँगै जोडिएको थियो ।

हिँउदमा मात्र ब्यापार गर्न बुटवल झर्ने र हिँउदभरी हाट गर्न आउन ढाक्रेहरुले तिनाउको किनारमा खुल्ला शौच गरेका कारण हैजा जस्ता रोग लाग्नु बटौलीका लागि सामान्य जस्तै थियो । फोहर र खुल्ला शौचका कारण ब्यपारीहरु पनि धमाधम बिरामी पर्न थालेपछि ब्यापारीहरुले स्वास्थ्य संस्थाको आवश्यकता महसुस गरि तत्कालिन प्रसुति गृह र हालको लुम्बिनी प्रादेशिक अस्पताल खोलेका थिए ।

बुटवल उद्योग वाणिज्य संघले २५ औ अधिवेशन र ७० औ साधारणसभा गरिरहँदा १८ जना अध्यक्ष पाएको छ । बुटवलको बजार स्थापना गर्ने कार्यमा मुख्य योगदान रहेका नेवार, बनिया मधेसी र थकालीहरुले लामो समय संघको नेतृत्व लिएपनि बसाई सरेर बटौली झरेका आर्य र खस समुदायको पनि पछिल्ला दशकमा संघमा बलियो उपस्थिती रहँदै आएको छ ।

संघमा संस्थापक अध्यक्ष श्रेष्ठपछि रुद्रबिलास तुलाचन, किशोरलाल कसौधन, युक्तप्रसाद प्रधान, ध्वनराज जोशी, सुर्यप्रसाद प्रधान, महेश राजभण्डारी, हिरा प्रसाद श्रेष्ठ, जीवन ओझा, ज्ञानेन्द्र कसजु, अर्जुनमान सैजु, कुशप्रसाद मल्ली, निर्मल लाकौल, नवराज श्रेष्ठ, शंकर श्रेष्ठ, सुरेन्द्र प्रसाद श्रेष्ठ, महेशमान सिंह, हिमबहादुर हमालले अध्यक्षका रुपमा भुमिका निभाइसकेका छन् भने हाल उज्वल कसजुले संघको नेतृत्व गरिरहेका छन् ।

यसरी फुट्यो उद्योग वाणिज्य संघ

२०३५ साल सम्म समग्र रुपन्देहीको र पश्चिम क्षेत्रकै उद्योगी व्यवसायीहरुको ठुलो संगठनकारुपमा रहँदै आएको बुटवल उद्योग बाणिज्य संघ घ्युको आधुनिकता र परम्परागत उत्पादनको विषयमा विवाद उत्पन्न भएर विभाजित हुन पुग्यो । परम्परा देखि पहाडबाट ढाक्रेले ल्याएको घ्यु खारेर बेच्ने बजारकारुपमा प्रसिद्धता कमाएको बुटवलमा आधुनिक प्रबिधि सहितको घ्यु प्रशोधन गर्ने उद्योग स्थापना भयो । उद्योगले घ्यूको प्रशोधनको परिमाण त बढायो, तर गुणस्तरियता र बुटवलको परम्परालाई अन्त्य गरिदियो । तत्कालिन अवस्थामा घ्यू खार्ने ब्यापारीको पक्षमा उद्योग वाणिज्य संघ लागेपछि घ्यू उद्योगीहरुले केही अन्य उद्योगीहरुलाई समेटेर रुपन्देही उद्योग संघ खोले । २०३५ सालमा औपचारीकरुपमा बुटवलमा २ वटा ब्यवसायिक संस्था बन्न पुग्यो । त्यस यता बुटवलमा मात्र आधा दर्जन बढी ब्यवसायिक संस्थाहरु खुलेका छन् । यसरी भन्न सकिन्छ की बहुदल पछि गठन भएका सबै दलहरुलाई भाग पुग्ने गरि ब्यवसायिक संस्थाहरु बुटवलमा देख्न सकिन्छ ।

उद्योगले घ्यूको प्रशोधनको परिमाण त बढायो, तर गुणस्तरियता र बुटवलको परम्परालाई अन्त्य गरिदियो । तत्कालिन अवस्थामा घ्यू खार्ने ब्यापारीको पक्षमा उद्योग वाणिज्य संघ लागेपछि घ्यू उद्योगीहरुले केही अन्य उद्योगीहरुलाई समेटेर रुपन्देही उद्योग संघ खोले । २०३५ सालमा औपचारीकरुपमा बुटवलमा २ वटा ब्यवसायिक संस्था बन्न पुग्यो ।

कुनैबेला ५ हजार सदस्यको संघ व्यावसायिहरुको संख्या सयौं गुणाले बढ्दा संघमा संगठित सदस्यहरुको संख्या भने खुम्चिएको छ । आर्थिक राजधानीकारुपमा सम्भावना बोकेको बुटवल उद्योग वाणिज्य संघमा हाल एक हजार ७ सय ७८ व्यवसायी मात्र आवद्ध छन् ।

बुटवल उद्योग वाणिज्य संघको क्रियाशिलतालाई नजिकबाट नियाल्दा यस्को सदस्यहरुको संख्या घट्नुमा बिबिध कारणहरु रहेका छन् ।

किन घटे सदस्यहरु ?

१, २०३५ साल यता लगातार ब्यवसायिक संघ संस्थाहरु गठन भए, जस्का कारण ब्यवसायीहरु अन्य संस्थाहरुको सदस्य बन्न पुगे ।

२, दलगत ब्यवसायिक संस्थाहरु गठन भए, दलमा आवद्ध ब्यवसायीहरु आस्थाका आधारमा ती संस्थाका सदस्य बन्न पुगे ।

३, संघ उद्योगी र ब्यवसायीको एजेण्डामा केन्द्रीत हुन सकेन । उद्योगी ब्यवसायीलाई मर्का पर्दा आवाज बुलन्द गर्न सकेन ।

४, पछिल्लो नेतृत्वमा रहने पदाधिकारीहरुले संघलाई क्लवकारुपमा संचालन गरे ।

५, उद्योग वाणिज्य महासंघले नगर पालिका भित्रका उद्योग वाणिज्य संघहरुलाई नगर उद्योग वाणिज्य संघको मान्यता दिएका कारण । आदी

विशेषतः पछिल्लो ३ वटा कार्यकाल यता बुटवल उद्योग वाणिज्य संघ प्रति उद्योगी ब्यवसायीको आकर्षण घट्दो रहेको देखिएको छ । संघले जेठो संघको हैसियतले पछि खुलेका सबै ब्यवसायिक संस्थाहरुको नेतृत्व गर्नु पर्नेमा विगत केही वर्ष यता संघको नेतृत्व चुकेको देखिन्छ ।

समयक्रम फेरिँदै जाँदा ब्यवसायिक मुद्दाहरु पनि फेरिएका छन् । ब्यवसायीहरुको समस्या कम हुनुको सट्टा बढ्दै गएको छ । राज्यले ब्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । राज्यबाटै सृजित अण्डर बिलिङ, बिलो टेण्डर, झन्झटिलो कर प्रणाली, बहुकर असुली जस्ता कारण ब्यवसायीहरुले ढुक्क भएर कारोबार गर्ने अवस्था छैन ।

…..ब्यवसायिक मुद्दाहरु पनि फेरिएका छन् । ब्यवसायीहरुको समस्या कम हुनुको सट्टा बढ्दै गएको छ । राज्यले ब्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । राज्यबाटै सृजित अण्डर बिलिङ, बिलो टेण्डर, झन्झटिलो कर प्रणाली, बहुकर असुली जस्ता कारण ब्यवसायीहरुले ढुक्क भएर कारोबार गर्ने अवस्था छैन ।

त्यसमा पनि आर्थिक मन्दी, बुटवलको चर्को घरभाडा, ब्यवसायीबाट जबर्जस्ती बहाल कर असुल्ने सरकारी निती, बुटवल सम्म आउने शाखा बाटो घाटो निर्माणमा स्थानीय तहको ढिलासुस्ती, अबैध फुटफाथको ब्यापार, डोके र पोकोमा घरघर पु¥याउने अबैध ब्यापार, अनलाईन सपिङका नाममा कर छलेर ब्यापार गर्ने प्रबृत्ति, भन्सार छली गरेर अबैध ब्यापार गर्ने बानी लगायतले बैधानिक ब्यापार गर्छु भन्ने उद्योगी ब्यवसायीलाई हरेक दिन प्रताडित बनाइरहेको छ ।

अव के गर्ने ?

संघको २५ औं अधिवेशन भइरहँदा बुटवलका उद्योगी ब्यवसायीहरुले नयाँ नेतृत्वका लागि मत माग्न आउने उम्मेदवारहरुसंग माथि उल्लेखित एजेण्डाहरुमा उम्मेदवारहरुको धारणा माग्न जरुरी छ । उनीहरुबाट आउने एजेण्डाहरुले दिनदिनै भोग्नु परेको ब्यवसायीको समस्या समाधान हुन सक्छ की सक्दैन ? उम्मेदवारहरुले गर्ने प्रतिबद्धता उद्योगी ब्यवसायी मैत्री छ की छैन ? र नेतृत्व गर्ने टिम समावेशी र जुझारु छ की छैन ? मतदाताले हेर्न र विचार गर्न आवश्यक छ ।

दुबै प्यानलले आफुलाई समावेशी भएको घोषणा गरेपनि श्रेष्ठको प्यानल सामुदाय र बस्तुगत ब्यवसायीहरुको प्रतिनिधित्वका हिसावले समावेशी देखिएको छ भने अर्याल नेतृत्वको प्यानल राजनीतिक र लैगिक समावेशी देखिएको छ । श्रेष्ठ प्यानलमा सबै भाषा, जाती, समुदाय तथा अधिकांश फरक फरक वस्तुगत ब्यवसाय गर्ने ब्यवसायीहरु समेटिएका छन् भने अर्याल प्यानलमा आस्थागत आधारमा कांग्रेस, एमाले, राप्रपा सहित महिलाहरुको सशक्त उपस्थिती देखिएको छ ।

७० औं साधारणसभा र २५ औं अधिवेशनको क्रममा संघको नेतृत्व गर्न २ वटा प्यानल अग्रसर भएको देखिएको छ । वर्तमान बरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ र वाणिज्य तर्फका पूर्व उपाध्यक्ष हरि अर्यालले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् । दुबै प्यानलले आफुलाई समावेशी भएको घोषणा गरेपनि श्रेष्ठको प्यानल सामुदाय र बस्तुगत ब्यवसायीहरुको प्रतिनिधित्वका हिसाबले समावेशी देखिएको छ भने अर्याल नेतृत्वको प्यानल राजनीतिक र लैगिक समावेशी देखिएको छ । श्रेष्ठ प्यानलमा सबै भाषा, जाती, समुदाय तथा अधिकांस फरक फरक बस्तुगत ब्यवसाय गर्ने ब्यवसायीहरु समेटिएका छन् भने अर्याल प्यानलमा आस्थागत आधारमा कांग्रेस, एमाले, राप्रपा सहित महिलाहरुको सशक्त उपस्थिती देखिएको छ ।

ब्यवसायीक एजेण्डाका रुपमा श्रेष्ठ प्यानलले घरबाहाल कानुन, करमा एकद्वार, प्रतिस्पर्धात्मक बजार, भन्सारमा कडाई, अबैध फुटपाथ ब्यापारलाई नियन्त्रण, सांगठानीक संरचनाको विस्तार जस्ता विषयहरु समेटेको छ भने अर्याल नेतृत्वको प्यानलले करमा सरलिकरण, घरधनीसंगको मैत्रीपूर्ण सम्बन्ध, स्थानीय तहमा समन्वय, छाडा चौपायाको नियन्त्रण, लामो समयबाट बन्न नसकेको राजमार्ग चौराहा गोलपार्कको ढल निर्माण जस्ता एजेण्डालाई प्राथमिकता दिएको छ ।

संघको गौरवपूर्ण इतिहासलाई जोगाउने हो भने ब्यक्ति भन्दा पनि एजेण्डा, निकटता भन्दा पनि बैचारिक टिम रोज्न जरुरी रहेको छ । २५ औ अधिवेशनले सक्षम नेतृत्व चुन्न सफल बनोस् । हाम्रो शुभकामना ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ०० बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा