१९ बैशाख २०८१, बुधबार | May 1, 2024

बुटवलमा दीपावली महोत्सव सुरु



बुटवल । बुटवलमा आजबाट दीपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा शनिबारदेखि तीन दिने ‘दीपावली महोत्सव–२०८०’ सुरु भएको हो ।

दीपावली महोत्सवको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवलको विकास सबैको साझा विषय रहेको बताउदै नगरपालिकाले सबैसंग सहकार्य गर्ने बताए । उनले हिजो चलनचल्तीमा हुँदै आएको व्यापार व्यवसायलाई आधुनिक परिवेश अनुसार परिमार्जित गरेर अगाडि बढ्न ब्यवसायीहरुलाई सुझाव दिए ।

कार्यक्रममा संघका अध्यक्ष हरीप्रसाद अर्यालले बुटवलको खस्किदो व्यापारलाई उठाउनको लागि बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा दीपावली महोत्सव आयोजना गरिएको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीपावली महोत्सव मात्रै नभएर देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमलाई मौलिक बनाउन र भड्कीलो नगराउन आग्रह गरे ।

दीपावली महोत्सवमा बुटवल उपमहानगरपालिका संरक्षक र बुटवलका वडा नं. ४, ५ र ६ प्रवर्द्धकको रुपमा रहेका छन् । तीन दिनसम्म सञ्चालन गरिने दीपावली महोत्सव अवधिभर विशेष छुटमा सामानको विक्रि वितरण, नेपाली मौलिक तथा सांस्कृतिक खानाका परिकार र विविध सांस्कृतिक प्रस्तुती समेत रहने मेला महोत्सवका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले जानकारी दिए।

बुटवल उद्योग वाणिज्य संघले पहिलो पटक सञ्चालन गरेको दीपावली महोत्सव महेन्द्रपार्क देखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केट देखि ट्राफिकचोकसम्म सञ्चालन गरिएको छ । बुटवलको खस्किदो व्यापारलाई प्रवद्र्धन गर्न र आर्थिक गतिबिधिलाई थप चलायमान गराउनको लागि दीपावली महोत्सव गरिएको संघका महासचिव मुक्ति अधिकारीले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : ०८ बजे

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ