७ आश्विन २०८३, बुधबार | September 23, 2026

मनाङमा भिरबाट खसेर विदेशी नागरिकको मृत्यु



लमजुङ । मनाङमा भिरबाट खसेर अमेरिकन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका घर भएका राहदानी नं. ६८१७४२५ का ६९ बर्षिय पुरुष चाल्स केथ डेभिज रहेका छन् ।

उनी बुधबार श्रीमती वेथ एन फोड्रियत, गाईड, चालक र पोटर सहित बा ६ च ७५६ नम्बरको ल्याण्ड क्रुजर गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै थिए ।

बेसीशहर-चामे सडकखण्ड अन्तर्गत मनाङको नासोँ गापा-३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा राती करिब १० बजे उनी सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदि किनारमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनलाई राती सवा १ बजे उद्धार गरी उपचारका लागी मनाङ जिल्ला अस्पताल चामे लगिएको थियो ।

राती करिब ३ बजे अस्पताल लगिएकोमा अस्पतालका डाक्टरले सवा ३ बजे उनको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी इन्सपेक्टर पुष्कर कार्कीले जानकारी दिए ।

डेभिजको शवलाई पेष्टमार्टमको लागी एयर डाइमेक्टिक हेलिकप्टर मार्फत बिहिबार दिउँसो सवा ३ बजे टिचिङ अस्पताल काठमाडौं लगिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ३० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११