२३ भदौ २०८३, मंगलबार | September 8, 2026

निषेधाज्ञा तोड्न खोज्दा नेपालगन्जमा तनाव, प्रहरी तैनाथी बढाइयो



नेपालगन्ज । निषेधाज्ञाका बीच समुहगतरुपमा मुस्लिम समुदाय नमाज पढ्ने बहानामा सडकमा निस्केपछि नेपालगन्जमा केहीबेर तनाव भएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाकाबीच नवाज पढ्ना जाने भन्दै सडकमा नाराबाजी गरेपछि नगरका केही भागमा तनाव उत्पन्न भएको हो ।

नेपालगन्जको बीपी चोक, त्रिवेणीमोड र त्रिभुवन चोक क्षेत्रमा नमाज पढ्न भन्दै निस्केका मस्लिम युवाहरुले नाराबाजी गरेपछि प्रहरीले समान्य बल प्रयोग गरेर तितरबितर पारेको प्रहरीले जनाएको छ । निषेधाज्ञा उल्लंघन गर्न समुदायलाई उक्साउने केही ब्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदभावमा खलल पार्न प्रयास गर्ने र निषधाज्ञा तोडेर प्रदर्शन गर्ने ४ जनालाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिए ।

स्थानीय प्रशासनले आज बिहान ६ बजेबाट साँझ ८ बजे सम्मका लागि नेपालगन्जका अधिकांस स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ भने राती ८ बजेबाट बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

सामाजिक सञ्जालका कारण फैलिएको विवाद दुईपक्षबीच आमनेसामनेको अवस्थामा पुगेपछि प्रशासनले कर्फ्यु लगाएको हो । विवाद चर्कँदै जाँदा गत १६ गते भड्केको दङ्गाबाट नेपालगन्जमा ठुलो धनमालको क्षति भएको छ ।


फोटो : भगतराम थारु

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ०७ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी