३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बुटवल उद्योग वाणिज्य संघको चुनावी चहलपहल, अर्याल नेतृत्वको प्यानल पनि घरदैलोमा

समावेशी टिमलाई जिताएर बुटवल उवासंघमा पु¥याउने व्यवसायीको प्रतिबद्धता



बुटवल । बुटवल उद्योग वाणिज्य संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशनको उद्घाटन सत्र सकिएपछि उम्मेदवारहरू घरदैलोमा जुटेका छन ।

हरिप्रसाद अर्याल नेतृत्वको टिम व्यवसायीहरूसँग भेटघाट गर्दै मतदाताको घर तथा व्यवसायिक प्रतिष्ठान पुगेका छन् । संघको नयाँ नेतृत्वको लागि चुनाव हुने निश्चित भएपछि प्रचार प्रसार तीब्र बनेको छ । अर्याल प्यानलले ‘समृद्ध र गतिशील बुटवलका लागि निर्णय प्रक्रियामा सबैको सहभागिता, नेतृत्वमा समावेशीता’ नारा अघि सारेको छ ।

व्यवसायीहरूको घरदैलोमा पुग्दा यो पटक हरिप्रसाद अर्याल नेतृत्व टिमलाई बुटवल उद्योग वाणिज्य संघमा पु¥याउने मतदाताहरूले बताएको उद्योग उपाध्यक्ष पदका उम्मेदवार सुरज भट्टराईले जानकारी दिए । अर्याल नेतृत्वको प्यानल सबै हिसाबबाट समावेशी रहेकोले व्यवसायीका समस्याहरूलाई समाधान गर्न तत्पर भएर लाग्नेमा व्यवसायी आशावादी देखिएको उम्मेदवार भट्टराई जानकारी दिए । घरदैलो कार्यक्रममा बोल्दै अर्यालले र्गिदो आर्थिक अवस्थालाई चलाएमान गराउँदै पुरानै अवस्थामा आफूहरूले ल्याउन अर्यालले व्यवसायीसामु प्रतिबद्धता जनाए ।

अर्याल नेतृत्व टिमले शुक्रबार राजमार्ग चौराहादेखि, अस्पताललाईसम्मका व्यवसायीसँग भेटघाट र घरदैलो गर्दै आफूहरूलाई मत दिन आग्रह गरेका छन् । बुटवललाई लामो समयदेखि बुझेको र आगामी दिनमा पनि बुटवल उवासंघलाई गतिशील दिसामा लाग्न सक्ने अत्यन्त अनुभवी र दुरदर्शिता टीम देखिएको छ ।

अर्यालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनकला खनालले उम्मेदवारी छन । यो टिमले ११ बुँदे प्राथमितकता र प्रतिबद्धता अघि सारेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : २५ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा