१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

राष्ट्रपतिसँग विवेकशील साझा पार्टीको भेटवार्ता, संवैधानिक संस्थाहरुको गरिमा बचाउन आग्रह



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र संबर्धन अभियान’ बरे जानकारी गराएको छ।

पार्टी अध्यक्ष समिक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा।सुशील साह सम्मिलित प्रतिनिधि मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संबर्धनका लागि यसका आधार स्तम्भहरु राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरुको गरिमा वचाईराख्न गणतन्त्र बिरोधीहरूको अनावश्क प्रहार र दुश्प्रचार प्रति सचेत रहन विशेष ध्यानाकर्षण गराएको हो।

लोकतन्त्रको संस्थागत विकास र नागरिकको संबृद्धिको चाहना साकार पार्न संबैधानिक संस्थाहरुको भूमिका उल्लेख्य रहने भएकाले ती संस्थाहरुलाई दलीय दुश्प्रभावबाट मुक्त गर्नुपर्ने विवेकशील साझा पार्टीको ठहर राष्ट्रपतिलाई अवगत गराईएको थियो प्रतिनिधि मण्डलले संबिधानको रक्षार्थ र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरुलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाहका लागि अनुरोध समेत गरेको छ।

सो अवसरमा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र संवर्धन गरेर मुलुकको संबृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका छन । उनले श्रम र जनशक्तिको विदेश पलायनले गाऊँ रित्ति रहेकेमा चिन्ता प्रकट गर्दे देश मै राम्रो शिक्षा र रोजगारीको सृजना गरेर गाउँमै बसोैँ९बसौ बनाउनु आजको आवश्यकता रहेको पनि औल्याएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : १९ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ