२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

नेपालगन्जमा जारी कर्फ्यु र निषेधाज्ञाको समय क्रमशः घटाईंदै, यस्तो छ परिवर्तित तालिका



नेपालगन्ज । स्थानीय प्रशासनले गत १६ गते दिउँसो १ बजेबाट लगाएको कर्फ्यु र निषेधाज्ञालाई क्रमशः घटाईंदै लगेको छ । १८ गतेबाट रातभरी कर्फ्यु र दिनभरी जिषेधाज्ञाको समयावधि पनि आजबाट घटाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना प्रकाशित गर्दै आज विहान ९ः०० बजे देखि राती ८ः०० बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) चार किल्ला भित्र स्थानीय प्रशासन ऐनको दफा ३(क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामाग्री टास्न वा लेख्न नपाईने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

त्यसैगरि राती ८ः०० बजेदेखि भोली बिहान ४ः०० बजे सम्म सोही ऐन बमोजिम पूर्ववतरूपमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पतिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैमा प्रशासनले आग्रह गरेको छ । सार्वजनिक स्थानमा हो-हल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू, सामाजिक संजालमा कुनै पनि व्यक्ति, संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने वा धार्मिक विद्वेष फैलाउने तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न नगराउन आह्वान गर्दै सूचना मार्फत सामाजिक सद्भाव कायम राख समेत जिल्ला सुरक्षा समितिले अपिल गरेको छ ।

हिजो शुक्रबार निषेधाज्ञाकैबीच प्रदर्शनको प्रयास भएपछि प्रहरीले सामान्य बल प्रयोग गरेर घिड नियन्त्रण गर्नुका साथै ४ जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ५७ बजे

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको