२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

मुलुकमा बेरोजगारी ब्याप्त हुँदा युवा शक्ति विदेश पलायन भए : झलनाथ खनाल



भैरहवा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा बेरोजगारी ब्याप्त रहेको बताएका छन् ।

उनले रोजगारी नहुँदा युवा शक्तिहरु विदेश पलायन भइरहेको जनाए । समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका खनाल आइतबार समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवाशक्तिहरु खाडीलगायतका मुलुकमा पलायन हुनु मुलुकका लागि ठीक नभएको बताए ।

उनले यही अस्वथा रहे देश युवाबिहीन हुने खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘युवालाई मुलुकमै टिकाउन जरुरी छ, यसका लागि रोजगारी बृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास जरुरी छ’, उनले भने । उनले मुलुकमा रोजगारी बृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने जनाए ।

यस्तै, नेता खनालले नेपालमा नयाँ ढङ्गको ध्रुविकरणको आबश्यकता रहेको समेत बताए । बर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै उनले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुविकरण आबश्यकता रहेकोमा जोड दिए । ‘समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरु एक हुनुपर्ने हुन्छ’, उनले भने, ‘यसका लागि नयाँ ध्रुविकरण जरुरी छ ।’

उनले २०७४ मा बनेको दुई तिहाईको सरकारबाट जनताले अपेक्षा गरे पनि गलत नेतृत्वका कारण मुलुक फेरि संकटमा परेको जनाए । उनले अहिलेको व्यवस्थाले आम नागरिकलाई भन्दा बढी विचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको उनको आरोप छ । उनले व्यवस्था फेरिए पनि त्यो व्यवस्था अनुसार जनताको जीवनस्तर र अबस्था नफेरिएको बताउँदै समाजवादमा जाने कि पुँजीवादमै रहने भन्ने बिषयमा व्यापक बहस चलाउनु पर्ने बताए ।

नेता खनालले अहिलेका तीन तहका सरकारले जनताको काम गर्न नसकेको बताए । ‘यो व्यवस्थामा कुनै सरकारले काम गर्न सक्दैन’, उनले भने, ‘यसैले व्यापक सुदृढिकरण जरुरी छ । यसैले हामीले नयाँ योजनासाथ अभियान चलाएका छौं ।’ मुलकुमा आर्थिक, सामाजिक र सांस्कृतिक संकट गहिरिँदै गएको उल्लेख गर्दै नेता खनालले समाजवादी यात्राले जनतामा बढ्दो निरासालाई कम गर्न मद्दत गरेको बताए ।

 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ११ : २६ बजे

कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौं । प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले