२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम



पर्वत । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ ।

गए रातिदेखिनै खोला थुनिएर बनेको तालका कारण कास्की र पर्वत हुँदै बग्ने किम्रोङ र मोदी खोलामा बाढीको जोखिम बढेको छ । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार खोला किनारमा रहेको अग्लो पहाडबाट ठूलो पहिरो खसेपछि शनिबार रातिदेखिनै खोला थुनिएको हो ।

आज बिहान करिब ११ बजेतिरबाट थुनिएको भागको छेउतर्फबाट विस्तारै पानी बग्न थालेको भए पनि खोलामा निकै ठूलो ताल बनेकाले मोदीखोला आसपासका नागरिकलाई सतर्ककता अपनाउन आग्रह गरिएको छ ।

खोलाको बहाब घटिसकेकाले ठूलो जोखिमको सम्भावना कम भए पनि मोदी खोला किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताए ।

प्रहरीलाई कुश्मा नगरपालिकाको दोविल्लादेखि पातीचौर, डिमुवा, नयाँ पुललगायतका स्थानमा पुगेर माईकिङ गर्न र स्थानीयलाई सकर्तकता गराउनका लागि परिचालन गरिएको आचार्यले बताए । “केहीबेर अगाडिबाट तालको छेउबाट विस्तारै पानी बग्न थालेको छ । तर पानीको चाप धेरै भएर थुनिएको भाग एकै पटक खोलियो भने किनार आसपासमा सतर्कता अपनाउन भनिएको छ” अन्नपूर्ण–११ का वडाध्यक्ष गुरुङले बताए । किम्रोङ खोला मोदी खोलामा आएर मिसिने भएकाले नदीको बहाब बढ्दा जोखिम पनि बढेको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १ : ४५ बजे

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

पाटन । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राष्ट्रिय परीक्षा बोर्डको

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द

मुम्बई । अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको

लाहोर एयरपोर्टमा आगलागी : उडानमा ढिलाइ

लाहोर । पाकिस्तानको लाहोर विमानस्थलमा लाउन्ज क्षेत्रमा आगलागी भई अराजकता

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

विराटनगर । कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ