४ पुस २०८२, शुक्रबार | December 19, 2025

बझाङमा ‘सेस्मोमिटर’ जडान


२३ आश्विन २०८०, मंगलबार  

234
Shares

बझाङ । बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् ।

सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा शिव सुवेदीले जानकारी दिए । नहाँका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान गरिएको छ भने आज दक्षिणतर्फ जयपृथ्वी गाउँपालिकामा जडान गर्ने तयारी भइरहेको छ ।

चैनपुरमा आधार मानेर पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने सेस्मोमिटर जडान गरिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा लोकविजय अधिकारीले बताए ।

उनका अनुसार बझाङमा खप्तडछान्नाको बयानामा मात्रै अहिलेसम्म सेस्मोमिटर जडान गरिएको थियो । “बयानाको सेस्मोमिटरले भूकम्प आएको चार–पाँच किलोमिटरसम्म टाढा केन्द्र भएको हुनसक्ने थाहा हुन्थ्यो । त्यो चार–पाँच किलोमिटर कतापट्टि हो भन्ने पनि ठम्याउन मुस्किल हुन्थ्यो । अब भूकम्प आइरहेको क्षेत्र बाहिर चारैतिर जडान गर्दा छिटो र यथार्थ पत्ता लगाउन सकिन्छ”, उनले भने ।

अधिकारीका अनुसार अहिलेसम्म नेपालभर ४२ स्टेशन (मापनयन्त्र) बनाएर भूकम्पको निगरानी गरिरहेको छ। “बझाङमा गएको मङ्गलबार यता करिब साढे चार सय पटक चैनपुर आसपासमै केन्द्र बनाएर भूकम्प गइसकेको छ । यसरी चारै दिशामा मापकयन्त्र राख्दा छिटो र कम त्रुटिमा पत्ता लगाउन जडान गरिएको हो”, उनले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : ३५ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा