४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

आजबाट नेपालगन्जमा पूर्णरुपमा कर्फ्यु र निषेधाज्ञा हट्यो



नेपालगन्ज । स्थानीय प्रशासनले गत १६ गतेबाट नेपालगन्जमा लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा आज मध्यान्हबाट पूर्णरुपमा हटाएको छ।

असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगन्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा आज दिउँसो १ बजेबाट पूर्णरुपमा हटाइएको हो । स्थानीय प्रशासनले गत १८ गतेबाट रातिमा कर्फ्यु र दिनमा निषेधाज्ञा लगाउँदै आएको थियो ।

नेपालगन्को जनजीवन सामान्य बन्दै गएसँगै प्रशासनले कर्फ्यु र निषेधाज्ञाको समय क्रमशः घटाउँदै लगेको थियो।

आज बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले एक सूचना जारी गर्दै नेपालगन्ज सहित जिल्लामा शान्ति सुरक्षाको अवस्था सामान्य भएकाले कर्फ्यु र निषेधाज्ञा हटाएको जनाएको छ । सूचनामा शान्ति सुरक्षा कायम गर्न प्रशासनको कर्फ्यु र निषेधाज्ञाको पालना गरेकोमा नागरिक समाज, समन्वय गरिदिने धर्मगुरुहरु, राजनीतिक दल, सुरक्षाकर्मी सबैलाई आभार पनि प्रहट गरिएको छ ।

सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्टाटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगन्जमा सद्भावविरोधी गतिविधि भएको थियो।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : ३६ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन