२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आजबाट नेपालगन्जमा पूर्णरुपमा कर्फ्यु र निषेधाज्ञा हट्यो



नेपालगन्ज । स्थानीय प्रशासनले गत १६ गतेबाट नेपालगन्जमा लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा आज मध्यान्हबाट पूर्णरुपमा हटाएको छ।

असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगन्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा आज दिउँसो १ बजेबाट पूर्णरुपमा हटाइएको हो । स्थानीय प्रशासनले गत १८ गतेबाट रातिमा कर्फ्यु र दिनमा निषेधाज्ञा लगाउँदै आएको थियो ।

नेपालगन्को जनजीवन सामान्य बन्दै गएसँगै प्रशासनले कर्फ्यु र निषेधाज्ञाको समय क्रमशः घटाउँदै लगेको थियो।

आज बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले एक सूचना जारी गर्दै नेपालगन्ज सहित जिल्लामा शान्ति सुरक्षाको अवस्था सामान्य भएकाले कर्फ्यु र निषेधाज्ञा हटाएको जनाएको छ । सूचनामा शान्ति सुरक्षा कायम गर्न प्रशासनको कर्फ्यु र निषेधाज्ञाको पालना गरेकोमा नागरिक समाज, समन्वय गरिदिने धर्मगुरुहरु, राजनीतिक दल, सुरक्षाकर्मी सबैलाई आभार पनि प्रहट गरिएको छ ।

सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्टाटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगन्जमा सद्भावविरोधी गतिविधि भएको थियो।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : ३६ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३