१० श्रावण २०८३, आइतबार | July 26, 2026

नेपाली नागरिकलाई सहजरुपमा स्वदेश फिर्ता गर्न सरकारले पहल थालिसकेको छ : वर्षमान पुन



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले इजरायलमा रहेका नेपाली नागरिकलाई सहजरुपमा स्वदेश फिर्ताका लागि सरकारले पहल थालिसकेको बताएका छन् ।

पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को केन्द्रीय बैठकमा उपमहासचिव पुनले इजरायल सरकारसँगको समन्वयमा युद्धग्रस्त क्षेत्र गाजामा बङ्करभित्र रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको उल्लेख गर्दै देशमा सरकार भएको अनुभूति दिलाएको उल्लेख गरे । सरकारले इराकसँग समन्वय गरी स्वदेश फर्कन इच्छुक नेपाली लिन आज चार्टर्ड जहाज पठाउन लागेको उनले बताए ।

देशका विभिन्न स्थानमा धार्मिक र सामाजिक सद्भाव भड्काएर राजनीतिक स्वार्थसिद्ध गर्ने प्रयास भएकामा उपमहासचिव पुनले आपत्ती व्यक्त गरे। सुनसरीको धरान, सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगञ्जमा भएका सामाजिक सद्भाव विरोधी घटनामा प्रतिगामी र व्यवस्था विरोधी तत्वको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता रहेको उनले दाबी गरे ।

गणतन्त्र, सङ्घीयता र धार्मिक सद्भावका पक्षमा रहेका जनताले एकताको भावनामार्फत प्रतिगामी षड्यन्त्र विफल पारेको उपमहासचिव पुनले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : १२ बजे

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ