२४ श्रावण २०८३, आइतबार | August 9, 2026

बाँके र सर्लाहीमा प्रहरी प्रमुख फेरिए



नेपालगन्ज । गृहमन्त्रालयले बाँके लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीको हेरफेर गरे लगत्तै प्रहरी प्रधान कार्यालयले धार्मिक विवादमा तानिएको बाँके र सर्लाहीको प्रहरी प्रमुखको पनि हेरफेर गरेको छ ।

बाँकेमा सामान्य सामाजिक सञ्जालमा गरिएको मेन्टको विषय चकिंँदै जाँदा दुई पक्षीय भिडन्त हुन गई कर्फ्यु र निषेधाज्ञा लगाउनु पर्ने अवस्थामा पुगेको थियो । योजनाबद्ध धार्मिक विवाद गराउन स्वदशी र भारतबाट समेत घुसपैठ हुँदा समेत सुरक्षा प्रबन्ध मिलाउन ठोस कदम समयमा नचलाएको भन्दै बाँकेमा प्रजिअ र प्रहरी प्रमुखको आलोचना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेमा प्रहरी प्रमुखकारुपमा सुवासचन्द्र बोहरालाई पठाइएको र जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरीको प्रधान कर्यालय स्रोतले जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठौर र सर्लाहीमा नरेशराज सुवेदीलाई प्रधान कार्यालय तानिएको पनि स्रोतले बताएको छ । सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगन्जमा धार्मिक विषयलाई लिएर तनाव सिर्जना हुँदा प्रशासनले कर्फ्यू र निषेधाज्ञा आदेश जारी गर्नुपरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ९ : ५५ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको