१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाँके र सर्लाहीमा प्रहरी प्रमुख फेरिए



नेपालगन्ज । गृहमन्त्रालयले बाँके लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीको हेरफेर गरे लगत्तै प्रहरी प्रधान कार्यालयले धार्मिक विवादमा तानिएको बाँके र सर्लाहीको प्रहरी प्रमुखको पनि हेरफेर गरेको छ ।

बाँकेमा सामान्य सामाजिक सञ्जालमा गरिएको मेन्टको विषय चकिंँदै जाँदा दुई पक्षीय भिडन्त हुन गई कर्फ्यु र निषेधाज्ञा लगाउनु पर्ने अवस्थामा पुगेको थियो । योजनाबद्ध धार्मिक विवाद गराउन स्वदशी र भारतबाट समेत घुसपैठ हुँदा समेत सुरक्षा प्रबन्ध मिलाउन ठोस कदम समयमा नचलाएको भन्दै बाँकेमा प्रजिअ र प्रहरी प्रमुखको आलोचना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेमा प्रहरी प्रमुखकारुपमा सुवासचन्द्र बोहरालाई पठाइएको र जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरीको प्रधान कर्यालय स्रोतले जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठौर र सर्लाहीमा नरेशराज सुवेदीलाई प्रधान कार्यालय तानिएको पनि स्रोतले बताएको छ । सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगन्जमा धार्मिक विषयलाई लिएर तनाव सिर्जना हुँदा प्रशासनले कर्फ्यू र निषेधाज्ञा आदेश जारी गर्नुपरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ९ : ५५ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्