१८ माघ २०८२, आइतबार | February 1, 2026

डिशहोमद्वारा ‘सुपरस्टार’ रजिन राईलाई सम्मानसहित एक लाख हस्तान्तरण



काठमाडौं । डिश मिडिया नेटवर्कले ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत मानेभञ्ज्याङ, ओखलढुंगाका रजिन राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरेको छ ।

राईको घरमा नै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले नगद एक लाख हस्तान्तरण गरेको छन्। बाजागाजा सहित एक कार्यक्रमको आयोजना गरी सम्मान सहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो। २०८० असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत ओखलढुंगाका राईले नगद रु एक लाख जितेका हुन्।

नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो।

यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन्।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ। ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान असोज १ देखि सिमित अवधिको लागि नेपालभर लागू हुनेछ।

 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १ : ०६ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा