४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

हमासको बन्धकमा १३ वर्षदेखि ७९ वर्षसम्म



तेलअविव । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबिचको जारी युद्दमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

इजरायलले जमिनबाट आक्रामण गर्न खोजेपछि हमासले अपहरणमा परेका सबै १५० जना इजरायलीलाई मारिदिने धम्की दिएको छ ।

बिबिसीका अनुसार युद्ध लम्बिदैँ जाँदा १५० भन्दा बढीलाई हमासले बन्धक बनाएको छ जबकि तिनीहरूका परिवारहरू आशा र डरमा बाँचिरहेका छन् । प्यालेस्टिनी लडाकु समूहले उनीहरूलाई गाजा भित्र ‘सुरक्षित स्थान र सुरुङ’ मा राखेको बताएको छ । तर, चेतावनी बिना इजरायलले प्यालेस्टाइनी नागरिक घरहरूमा बमबारी गरेमा यसरी अपहरण पछि बन्धक भएका सबै इजरायलीहरूलाई मार्ने धम्की दिएको छ ।

अपहरणामा पर्नेहरूमा मध्ये ७९ वर्षीया चन्ना पेरी र उनका छोरा ५१ वर्षीय नादव पोपलवेल पनि रहेका छन ।

चन्नाहकी छोरी आयलेट स्वातिट्जकीका अनुसार बन्दुकधारीहरूले आक्रमण गर्दा उनीहरू फोनमा कुरा गरिरहेकी थिइन् । उनले भनिन्, ‘पछि हमास लडाकूहरूले पृष्ठभूमिमा हतियारधारीहरूसहित बसेर उनका दुई जना मधुमेह भएका आफन्तका तस्बिरहरू पठाएका थिए ।’

इजरायलबाट हमासले बन्धक बनाएको विश्वासयोग्य रूपमा रिपोर्ट गरिएका मानिसहरूका कथाहरू धेरै छन् । तिनीहरूमा १३ बालबालिका र कम्तिमा आठ ६० वर्ष नाघेका वृद्दहरू अझै अपहरणमा रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : ४४ बजे

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ