९ श्रावण २०८३, शनिबार | July 25, 2026

हमासको बन्धकमा १३ वर्षदेखि ७९ वर्षसम्म



तेलअविव । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबिचको जारी युद्दमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

इजरायलले जमिनबाट आक्रामण गर्न खोजेपछि हमासले अपहरणमा परेका सबै १५० जना इजरायलीलाई मारिदिने धम्की दिएको छ ।

बिबिसीका अनुसार युद्ध लम्बिदैँ जाँदा १५० भन्दा बढीलाई हमासले बन्धक बनाएको छ जबकि तिनीहरूका परिवारहरू आशा र डरमा बाँचिरहेका छन् । प्यालेस्टिनी लडाकु समूहले उनीहरूलाई गाजा भित्र ‘सुरक्षित स्थान र सुरुङ’ मा राखेको बताएको छ । तर, चेतावनी बिना इजरायलले प्यालेस्टाइनी नागरिक घरहरूमा बमबारी गरेमा यसरी अपहरण पछि बन्धक भएका सबै इजरायलीहरूलाई मार्ने धम्की दिएको छ ।

अपहरणामा पर्नेहरूमा मध्ये ७९ वर्षीया चन्ना पेरी र उनका छोरा ५१ वर्षीय नादव पोपलवेल पनि रहेका छन ।

चन्नाहकी छोरी आयलेट स्वातिट्जकीका अनुसार बन्दुकधारीहरूले आक्रमण गर्दा उनीहरू फोनमा कुरा गरिरहेकी थिइन् । उनले भनिन्, ‘पछि हमास लडाकूहरूले पृष्ठभूमिमा हतियारधारीहरूसहित बसेर उनका दुई जना मधुमेह भएका आफन्तका तस्बिरहरू पठाएका थिए ।’

इजरायलबाट हमासले बन्धक बनाएको विश्वासयोग्य रूपमा रिपोर्ट गरिएका मानिसहरूका कथाहरू धेरै छन् । तिनीहरूमा १३ बालबालिका र कम्तिमा आठ ६० वर्ष नाघेका वृद्दहरू अझै अपहरणमा रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : ४४ बजे

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक