२६ माघ २०८२, सोमबार | February 9, 2026

शान्ति स्थापनका लागि बुद्ध दर्शनको विकल्प अरु हुन सक्दैन : उपाध्यक्ष डा.लामा



काठमाडौं । शान्ति स्थापनका लागि बुद्ध दर्शनको महत्वपूर्ण भूमिका रहेको भन्दै विश्व शान्तिको निम्ति बुद्ध दर्शनको विकल्प अरु हुन नसक्ने संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले बताएका छन् ।

अन्तर्राष्ट्रिय बौद्ध परिसंघ (आईबीसी) नेपाल अध्यायको चौथो महाधिवेशनमा बोल्दै उपाध्यक्ष डा.लामाले मानव समाजको विकासका लागि आपसी सद्भाव, प्रेम, भाईचारा, मैत्री भावको वीजारोपण गर्नमा बुद्ध दर्शनको उल्लेख्य भूमिका रहेको भन्दै बुद्ध दर्शनको मूल शिक्षा नै शान्ति र अहिंसा भएका शान्ति स्थापन गर्न बुद्ध दर्शनको विकल्प नरहेको प्रष्ट पारेका हुन् ।

उपाध्यक्ष डा. लामाले गौतम बुद्धको शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षाबाट विश्व समाजलाई शान्ति स्थापनाको निम्ति प्रेरणा लिन समेत अपिल गरेका छन्। कार्यक्रममा आईबीसीका उपामहासचिव खेन्सुर च्याङ्छुग्यबु छोदेनको उपस्तिथि रहेको थियो। उनले महाधिवेशन सम्पन्नताको शुभकामना व्यक्त गर्दै बुद्ध दर्शनले अन्तर्राष्ट्रिय स्तरमा भाइचाराको सद्भाव कायम गरेको बताए ।

अन्तर्राष्ट्रिय बौद्ध परिसंघ (आईबीसी) नेपाल अध्यायको चौथो महाधिवेशन बौद्धको पटालिन होटलमा सम्पन्न भएको हो । उक्त महाधिवेशन बाट सात सदस्यीय समिति निर्वाचित गरि अन्तर्राष्ट्रिय बौद्ध परिसंघ नेपाल अध्यायको चौथो महाधिवेशन सम्पन्न हुने छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १० : १६ बजे

कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न कांग्रेस उपभापति शर्माको आग्रह

चितवन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी

जाँचबुझ आयोगको समयावधि २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज