१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

दुईपटक स्थगित समाजवादी मोर्चाको सुदुरपश्चिम भेला आइतबार



धनगढी । दुई पटक स्थगित भएको समाजवादी मोर्चाको सुदुरपश्चिम भेला आइतबार हुने भएको छ । आइतबार सुदुरपश्चिमको धनगढीमा हुने मोर्चाको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी जाने भएका छन्। प्रचण्ड असोज २९ गते समाजवादी मोर्चाको भेला सम्बोधनका धनगढी जाने भएका हुन्।

प्रचण्ड आइतबार नेपालगन्जको एक कार्यक्रममा सहभागी भएर सोहि दिन धनगढी जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि धनगढीमा हुने भनिएको मोर्चाको भेला दुई पटक स्थगित भएको थियो।

पहिलो पटक एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद हुँदा स्थगित भएको थियो भने अर्को एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण भेला स्थगित भएको थियो।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : १८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले