१० श्रावण २०८३, आइतबार | July 26, 2026

मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : रवि लामिछाने



काठमाडौ. । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताएका छन् ।
रास्वपाद्वारा मूल दस्तावेज निर्माणका लागि सुझाव लिन आज यहाँ आयोजित ‘नीति मन्थन’ कार्यक्रममा लामिछानेले विषय केन्द्रित कटाक्ष गरे पनि परिवर्तनमा अन्य राजनीतिक दलका नेताको योगदानलाई अवमूल्यन नगरेको स्पष्ट पारे ।
“यो परिवर्तनमा आफ्नो सिङ्गो जीवन राजनीतिमा बिताएका नेताप्रति कटाक्ष गरेको मात्र धेरैले सुन्नुभएको छ होला”, सभापति लामिछानेले भने, “विषय केन्द्रित कटाक्ष हुन सक्लान् तर समग्र मुलुकको परिवर्तनका लागि उनले गर्नुभएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना छैन । उनीहरूको योगदानलाई उच्च सम्मान र कदर गर्दछौँ ।”
नीति मन्थन कार्यक्रमबारे जानकारी दिँदै उहाँले विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा आबद्ध गराउने हुटहुटी नभएको समेत बताए । उनले भने, “विज्ञताले पनि दलीय छाप लगाउनुपर्ने परिस्थितिका बीच हामी उभिएका छौँ । तर हामी हाम्रो पार्टीको छाप लगाइदिने हैन, उहाँहरूको विज्ञतालाई समावेश गरेर मात्र अघि बढने निधो गरेका छौँ ।”
सभापति लामिछानेले सुधारसहितको पार्टी दस्तावेज निर्माणमा लागिपरेको बताए । “समाज यथास्थितिमा रहिरहन्छ भन्ने परिकल्पना गरेर राजनीतिक दलहरू खुल्दैनन्, विचार नीति बन्दैनन् । यो यस्तै रहिरन्छ भनेर हैन यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर हामीले अगाडिको बाटो तय गर्नुपर्ने हुन्छ । कुनै राजनीतिक आग्रह, पूर्वाग्रह नराखीकन हामी परिपक्व हुने बाटोमा लागेका छौँ”, उनले भने ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ११ : ४८ बजे

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि