३ पुस २०८२, बिहिबार | December 19, 2025

मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : रवि लामिछाने



काठमाडौ. । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताएका छन् ।
रास्वपाद्वारा मूल दस्तावेज निर्माणका लागि सुझाव लिन आज यहाँ आयोजित ‘नीति मन्थन’ कार्यक्रममा लामिछानेले विषय केन्द्रित कटाक्ष गरे पनि परिवर्तनमा अन्य राजनीतिक दलका नेताको योगदानलाई अवमूल्यन नगरेको स्पष्ट पारे ।
“यो परिवर्तनमा आफ्नो सिङ्गो जीवन राजनीतिमा बिताएका नेताप्रति कटाक्ष गरेको मात्र धेरैले सुन्नुभएको छ होला”, सभापति लामिछानेले भने, “विषय केन्द्रित कटाक्ष हुन सक्लान् तर समग्र मुलुकको परिवर्तनका लागि उनले गर्नुभएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना छैन । उनीहरूको योगदानलाई उच्च सम्मान र कदर गर्दछौँ ।”
नीति मन्थन कार्यक्रमबारे जानकारी दिँदै उहाँले विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा आबद्ध गराउने हुटहुटी नभएको समेत बताए । उनले भने, “विज्ञताले पनि दलीय छाप लगाउनुपर्ने परिस्थितिका बीच हामी उभिएका छौँ । तर हामी हाम्रो पार्टीको छाप लगाइदिने हैन, उहाँहरूको विज्ञतालाई समावेश गरेर मात्र अघि बढने निधो गरेका छौँ ।”
सभापति लामिछानेले सुधारसहितको पार्टी दस्तावेज निर्माणमा लागिपरेको बताए । “समाज यथास्थितिमा रहिरहन्छ भन्ने परिकल्पना गरेर राजनीतिक दलहरू खुल्दैनन्, विचार नीति बन्दैनन् । यो यस्तै रहिरन्छ भनेर हैन यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर हामीले अगाडिको बाटो तय गर्नुपर्ने हुन्छ । कुनै राजनीतिक आग्रह, पूर्वाग्रह नराखीकन हामी परिपक्व हुने बाटोमा लागेका छौँ”, उनले भने ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ११ : ४८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको