१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

नेपाल प्रहरी कार्य दक्षतामा अब्बल : मुख्यमन्त्री चौधरी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताएका छन ।

नेपाल प्रहरीको ६८ औँ वार्षिकोत्सव २०८० का अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री चौधरीले नेपाल प्रहरीले सकेसम्म मेलमिलापको नीति लिएर काम गरेको र नेपाल प्रहरी कानुन पालना गराउने, आपराधिक घटनाको अनुसन्धान गरेर कानुन कार्यान्वयन गराउने कार्यमा अब्बल रहेको बताए । उनले नेपाल प्रहरीले सीमित साधन स्रोतका बाबजुद पनि आफ्नो कुशलताले उत्कृष्ट काम गरेर देश–विदेशमा पनि आफ्नो व्यावसायिकतालाई कायम राख्न काम र कुशलता देखाएको बताए ।

कार्यक्रममा प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले प्रहरीको कार्य दक्षताका हिसाबले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले नेपाल प्रहरीले जनताको सेवा र राष्ट्रले सुम्पेको जिम्मेवारी बिचलित नभई पूरा गरेको बताए । उनले समाजका हरेक तह वर्ग, सरकारी तथा गैरसरकारी क्षेत्रको समन्वय र सहयोगमा समाजमा शान्तिसुरक्षा कायम गर्न कर्तव्य पथमा दृढ भई नागरिकका नैसर्गिक अधिकार कायम राख्न निर्देशनसमेत दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरेले प्रहरी स्थापनाकाल देखी हाल सम्म आईपुग्दा प्रहरी क्रर्मचारीहरुको काम कतव्य निष्ठाले संगठनलाई उचाईमा राख्न सफल भएको बताए ।

कार्यक्रममा नेपाल प्रहरीको कर्तव्य पालनाका सिलसिलामा विभिन्न घटनामा वीरगति प्राप्त गरेका सहिदका परिवारलाई सम्मान गरिएको थियो । उत्कृष्ट खेल प्रदर्शन गने खेलाडीहरूलाई समेत नगद सहित सम्मान गरिएको उप्त कार्यक्रममा प्रहरी निरीक्षक सोभा पाण्डे, गंगा बहादुर सारु लगायतले बोलेका थिए ।

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ६ : ०१ बजे

कांग्रेसले संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने

काठमाडौं । नेपाली कांग्रेसले सङ्घीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी

गणतन्त्रात्मक शासन प्रणालीको सफल कार्यान्वयनमा सबै प्रतिबद्ध हुनुपर्छ : नेकपा प्रमुख सचेतक दुलाल

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा प्रत्यक्ष

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौं । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,

मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको