६ पुस २०८२, आइतबार | December 22, 2025

इजरायल-हमास युद्ध : ४ हजार ९ सय बढीकोे मृत्यु गाजा क्षेत्रबाट १० लाख बिस्थापित



तेलअहिब । इजरायल-हमास युद्धमा १२ औं दिनमा अहिलेसम्म जम्मा ४९७६ जनाको मृत्यु भएको छ । युद्धमा परि १७ हजार ७ सय ७५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हमासको आक्रमणबाट इजरायलमा कुल १४०२ जनाको मृत्यु भएको छ भने ४४७५ जना घाइते भएका छन्।

अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उता गाजामा कुल ३ हजार ४८८ जनाको मृत्यु भएको छ । यस आक्रमणमा १२ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

सोही युद्धबाट वेस्ट बैंकमा ६५ जनाको मृत्यु भएको छ भने १३०० जना घाइते भएका छन्  भने लेबनानमा २१ जनाको मृत्यु भएको छ ।

गाजाबाट करिब १० लाख नागरिक बिस्थापित
संयुक्त राष्ट्र संघले गाजाबाट करिब १० लाख मानिस बिस्थापित भएको जनाएको छ ।

इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसंख्या बराबर रहेको छ।

संयुक्त राष्ट्रको पछिल्लो मानवीय अपडेट अनुसार मध्य र दक्षिणी गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी युएनरडब्लुए सञ्चालित स्कूलहरूमा आश्रय खोज्ने लगभग ३ लाख ५२ हजार मानिसहरू समावेश छन्।

युएनरडब्लुएले स्कूलहरू भित्रका अवस्थाहरूलाई ‘बढ्दो रूपमा डरलाग्दो’ भनेर वर्णन गरेको छ। ती मध्ये एउटा विद्यालय, मध्य गाजाको अल मगाजी शरणार्थी शिविरमा मात्रै लगभग ४ हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू आश्रय लिइ रहेका थिए । जसमाथी इजरायली हवाई हमला परे पछि  कम्तिमा छ जनाको मृत्यु भएको राष्ट्र संघले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ८ : २७ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको