७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

कात्तिक ११ गते कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान



काठमाडौं । नेपाली कांग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

विसं २०३३ मा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

यही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रम आयोजना गर्न लाग्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

चियापान कार्यक्रमलाई बिपीको निधनपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले निरन्तरता दिँदै आएका थिए । सुशील कोइरालाको निधनपछि देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।

पार्टीले यस वर्ष पनि विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वको अवसरमा कात्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन अपरान्ह १ः००—५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन बिपी नगर, ललितपुरमा चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकार मन्त्रिपरिषद्का सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको सङ्घ–संस्थाका प्रमुखहरु लगायतका बिशिष्ट महानुभावहरु, कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिता हुने पनि पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ८ : २५ बजे

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली

राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा

धरान । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता,

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली