९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

सडकआश्रित ३३ जनाले पाए खाना, नाना र छाना



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज २६ गते काठमाडौँबाट बिदाइ गरेसँगै सुरु भएको सडक उद्धार अभियानका क्रममा बडादसैँको मुखमा सडकमा कष्टकर जीवन बिताइरहेका ३३ जनाले खाना, नाना र छाना प्राप्त गरेका छन् ।

सडकआश्रित मानवहरूको उद्धार गरी संरक्षण तथा परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमले आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा सुरु गरेको मेची–महाकाली उद्धार अभियानका क्रममा अहिलेसम्म सडकमा कष्टकर जीवन बिताइरहेका ३३ जनाले आश्रय पाएका हुन् ।

आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उनीहरूलाई आश्रमका विभिन्न शाखा कार्यालयमा संरक्षण गरिएको बताए । उनले उद्धार अभियान जारी रहेको पनि जानकारी दिए ।

केही दिनअघि ‘चाडपर्वमा कोही नरहुन् सडक’मा भन्ने नाराका साथ मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० सुरु गरिएको थियो । असोज २६ गते शुक्रबार प्रधानमन्त्री प्रचण्डले चाडपर्वका बेला कोही पनि सडकमा बस्नु नपर्ने गरी अभियान चालेकामा खुसी व्यक्त गर्दै सडकयात्राको सफलताको शुभकामनासहित उद्धार टोलीलाई बिदाइ गरेका थिए । त्यसपछि मेची पुलबाट असोज २७ गते उद्धारयात्रा थालिएकामा आजसम्म पूर्वका विभिन्न जिल्लाबाट ३३ जनालाई उद्धार गरी संरक्षण दिन थालिएको हो ।

विसं २०६९ देखि सडकआश्रित मानवको उद्धार थालेको आश्रमले विसं २०८२ सम्म देशलाई नै सडक मानवमुक्त बनाउने सङ्कल्प गरेको छ । सरकारले पनि आफ्ना नीति तथा कार्यक्रममार्फत देशलाई सडक मानवमुक्त गराउने योजना अघि सारेको छ । जारी अभियानमा तीन सय जनालाई उद्धार गर्ने लक्ष्य छ । अठतीस जनाको उद्धार टोलीले झण्डै डेढ महिनासम्म मेचीदेखि महाकालीसम्म उद्धार अभियान सञ्चालन गर्नेछ । आश्रमले काठमाडौँसहित १९ जिल्लाका २३ शाखा कार्यालयमा उद्धार गरिएका एक हजार छ सय जनालाई आश्रय दिइरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १० : १७ बजे

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्मा क्षति

पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौं । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि

लुम्बिनीमा पहिलोपटक सीप च्याम्पियनसिप आयोजना : प्राविधिक शिक्षाबारे बहस

रुपन्देही । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति