१६ पुस २०८२, बुधबार | December 31, 2025

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएका छन । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो ।

डा सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत हुन । यसअघि डा सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन ।

डा सापकोटा विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, भू-राजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार छन । उनले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका थिए ।

हालै, प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा डा सापकोटालाई परराष्ट्रविदका रुपमा सामेल गराइएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ४ : ५२ बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौं । शितलहरका कारण निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको