७ श्रावण २०८३, बिहिबार | July 23, 2026

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको रोक्का रहेको जग्गा सर्त सहित फुकुवा



दाङ । विगत ३ वर्षदेखि रोक्का रहेको लुम्बिनी प्रदेशको राजधानी रहेको क्षेत्रको जग्गाको रोक्का फुकुवा भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का सर्त सहित फुकुवा गर्ने निर्णय गरेको हो ।

जग्गा फुकुवा गरेको जानकारी दिन आज प्रदेश राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेयले राजधानी क्षेत्रमा रोक्का भएको जग्गा सरकारले फुकुवा गरेको जानकारी दिए । उनले सरकारको व्यवस्थित राजधानी निर्माणको अवधारणलाई असर नगर्ने र टुक्र्याएर बेच्न नपाउने शर्तमा रोक्का जग्गा फुकुवा गर्ने निर्णय भएको बताए ।

प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केही वडा, अर्घाखाँचीको सितगंगा नगरपालिका र लमही नगरपालिकाका केही वडामा गरिएको जग्गा रोक्कालाई कित्ताकाट नहुने र यथा अवस्थामा विक्री वितरणको लागि फुकुवा गर्ने निर्णय गरेको हो ।

तीन वर्षअघि राजधानी कार्यान्वयनका लागि भन्दै शंकर पोख्रेल नेतृत्वको सरकारले राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यकाको जग्गा विक्री वितरण र खण्डीकरणमा रोक लगाएको थियो । लामो समयदेखि जग्गा रोक्का भएपछि दैनिक जनजिवनमा गम्भीर असर परेको भन्दै स्थानीयबासी आन्दोलित भएका थिए । नयाँ बनेको सरकारले पनि रोक्कालाई निरन्तरता दिएको भन्दै राजधानी क्षेत्रमा स्थानीयतहले पनि सरकारको आलोचना गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १० : २९ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी