२५ श्रावण २०८३, सोमबार | August 10, 2026

ऋण काढेर दशैँ मनाउँदै चेपाङ समुदाय



चितवन । जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दशौ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दशैँ मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन् ।

इच्छाकामना गाउँपालिका-२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए । अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनले बताए । उनले भने, “चेपाङ समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने भए पनि अहिले केही भड्किलो बनेको छ । चाडपर्वका लागि ऋण काढेर गरेर गर्ने गरेको पाइन्छ ।”

दशैँमा टीका लगाउने क्रममा दिदी-बहिनीलाई कोसेलीअनुसारको रकम दिनुपर्ने चलनले समेत समस्या पर्दै आएको उनले बताए । यस समुदायले अर्काको सिको गर्दा आर्थिक अवस्था झन् बिग्रिदै गएको उनको भनाइ छ । उनले थने, “मासुदेखि खाद्यान्नसमेत उधारोमा ल्याएर दशैँ मान्ने गर्छन्”, केहीले दशैँका लागि जोहो गरेको भए पनि अधिकांशको समस्या उस्तै रहेको उनको भनाइ छ ।

इच्छाकामना-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजा चेपाङ समुदायमा छ महिनासम्मका लागि खानमात्रै पुग्ने अन्न हुने भएकाले ऋण सापटीबाटै चाडपर्व मनाउने गरेको सुनाए । अहिले ल्याएको ऋण माघ, फागुनमा तिर्ने गरी चाडपर्व मनाउने गरेको जनाउँदै उनले यसलाई रोक्न भड्किलोपन नियन्त्रण गर्नुपर्ने बताए । उनले भने, “सोझा जाति भएकाले देखासिकी बढेको छ । यसलाई रोक्न हामीले प्रयास गरेका छौँ ।”

कालिका नगरपालिका-१२ का चेपाङ अगुवा नरजङ्ग प्रजा यस समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने गरेको बताए । चाडपर्वका लागि साहुसँग ऋण लिएर मनाउनुपर्ने बाध्यता रहेको उनले सुनाए । पहाडी क्षेत्रमा सिँचाइको व्यवस्था नहुने भएकाले कोदो र मकै भए पनि धान चामल नहुने भएकाले साहुसँग ऋण गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले भने, “मास, गहत, कोदो, मकै, तोरी खसीबाख्रा बेचेर तिरौला भनेर ऋणधन गरेर दशैँ मनाउन बाध्य छन् ।” चाडपर्वमा गरेको खर्च तिर्नका लागि नै माघ-फागुनसम्म कुर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ, लम्जुङलगायतका जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालमा यो समुदाय ६८ हजार तीन सय ९९ जना छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ७ : ५४ बजे

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज

एकै दिन ४१ विपद्का घटना

काठमाडौं । साउन २३ गते बिहान १०ः०० देखि २४ गते

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य,