२५ श्रावण २०८३, सोमबार | August 10, 2026

इजरायलमा मारिएका नेपाली मध्य ४ जनाको शव आइतबार बिहान काठमाडौं आइपुग्दै



काठमाडौँ । इजरायलमा भएको आक्रमणमा मारिएका नेपालीमध्ये ४ जनाको शव आइतबार काठमाडौँ आइपुग्ने भएको छ । इजरायल सरकारले पहिचान भएका ४ जनाको शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाए पछि दूतावासले ती शवहरू शनिवार नेपाल पठाउन लागेको हो ।

पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीको शव नेपाल पठाउन लागिएको दूतावासले जानकारी दिएको छ। ७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ।

नेपाल आइपुग्ने शव लिनका लागि आइतबार बिहान ९ बजे परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने भएका छन्। शवहरू भोलि नै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलालीको सदरमुकाम धनगढी पठाउने तयारी गरिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १० : ०७ बजे

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज

एकै दिन ४१ विपद्का घटना

काठमाडौं । साउन २३ गते बिहान १०ः०० देखि २४ गते

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य,