२५ श्रावण २०८३, सोमबार | August 10, 2026

बडादशैँमा किसानलाई धान भित्र्याउने चटारो



ढोरपाटन । नेपालीको घर आँगनमा दशैँ भित्रिएको छ । टाढा-टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ ।

खेतभरी पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर किसानलाई छ । आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन् । यति बेला पश्चिम बागलुङका किसानलाई दशैँ मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ । दशैँ र धान भित्र्याउने समय एकै पटक पर्दा किसानलाई चाडबाडको भन्दा खेती स्यार्ने चटारो बढी छ ।

गत असारमा लगाइएको धान असोज अन्तिम सातासम्म भित्र्याउने समय भए पनि निरन्तरको वर्षाले खेतमै रहेको थियो । निसीखोला गाउँपालिका-४ का केशर पौडेलले अब वर्षा भए धान बालीमा ठूलो क्षति हुने भएकाले भित्र्याउन भ्याइनभ्याइ भएको बताए । असोज २९ गतेसम्म ठूलो वर्षा भएकाले धान भित्र्याउन नसकिएको किसानले बताएका छन् । केही दिनदेखि पानी नपरेकाले खेताला लगाएर धान काट्ने र भित्र्याउनतर्फ लागेको उनले बताए । मार्सी जातको धान छिटो पाकेको छ ।

उनले भने, “यस वर्ष अलि ढिला दशैँ आयो, पोहोर परार साल त यति बेला तिहार आउँथ्यो, दशैँ सकेर धान भित्र्याउथ्यौँ, पानीले पनि त्यत्ति धेरै दुःख दिएको थिएन, अहिले त धान काट्ने बेला ठूलो वर्षा भयो, केही दिन भयो पानी परेको छैन त्यही भएर धेरै किसानहरु धान काट्ने र भित्र्याउनमा व्यस्त छन्, अब बारीमा गहुँ पनि छर्ने समय भयो, एकै पटक धेरै काम गर्नुपर्छ, यो समय कामकै चटारो हुने भएको हुँदा दशैँ पोहोर परार सालको जस्तो फुर्सदिलो नहुने भयो ।”

अर्का किसान निमबहादुर क्षेत्रीले असोज दोस्रो साता धान काट्ने तयारी गरेको तर वर्षाका कारण रोकिएको बताए । पानी बिदा ९वर्षा रोकिनु० भएको बेला अर्मपर्म गरेर धान काट्न थालेको उनले सुनाए । धान काटेको दुई दिनमा छाँट्ने र भित्र्याउने भएको हुँदा धेरै किसान यतिबेला खेतमा व्यस्त भएको क्षत्रीको भनाइ छ । यस वर्ष समयमै वर्षा भएकाले धान पनि राम्रो उत्पादन भएको भन्दै समयमै नभित्र्याए असिनाले नोक्सान गरिदिन सक्ने उनी बताउँछन ।

निसीखोला क्षेत्रमा अन्य ठाउँको तुलनामा छिटो रोपाइँ हुने हुँदा धान असोज दोस्रो साता नै पाक्ने गर्छ । यहाँका किसानले मार्सी, जडन, जेठो बुढो लगायत जातका धान लगाउने गर्दछन् । जडन जातको धान अलि ढिला पाक्ने किसानको भनाइ छ । बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ भएको छ । जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । जसमध्ये ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमवलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा छ । बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  १ : ४१ बजे

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज