१० माघ २०८१, बिहिबार | January 23, 2025

विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ



काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादशैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरोस् भनी कामना गरेका छन ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सांस्कृतिक धरोहर र वैभवको रूपमा रहेका चाडपर्वमा अन्तर्निहित भावना र सन्देशबाट मुलुकको विकास, समृद्धि, सुशासन तथा न्यायपूर्ण समाजको स्थापनाका लागि महत्त्वपूर्ण आधार प्राप्त हुने विश्वास व्यक्त गरेका छन ।

“नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्ने तथा विधिको शासनको प्रवद्र्धन र भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि चाडपर्वले हामी सबैलाई आ-आफ्नो ठाउँबाट योगदान गर्न सक्ने ऊर्जा, क्षमता र प्रेरणा प्रदान गरुन् भन्ने कामनासमेत गर्दछु”, प्रधानन्यायाधीश श्रेष्ठले शुभकामना सन्देशमा भनेका छन ।

सदिऔँदेखि नेपाली समाजमा रहेको आपसी सद्भाव, विश्वास र सहिष्णुता कायम गर्दै विविधताबीचको एकता तथा सामाजिक सांस्कृतिक ऐक्यबद्धताको प्रवद्र्धन गर्न यसप्रकारका चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ छ । उनले देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ५ : २३ बजे

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार

चितवन । कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ

काभ्रेको महाभारत जङ्गलमा मङ्गलबार दिउँसोदेखि लागेको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी

सगरमाथा आरोहण दस्तुर बढ्यो, बिदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने

काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ

अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु

वासिंगन डिसी। अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन