६ पुस २०८२, आइतबार | December 21, 2025

स्पेनमा युक्रेनबाट चोरिएको प्राचीन सुनका आभूषण बरामद



मेड्रिड । स्पेनको प्रहरीले छ करोड युरो (छ करोड ४० लाख अमेरिकी डलर) भन्दा धेरै मूल्यको सदियौँ पुरानो सुनका कलाकृतिहरू बरामद गरेको बताएको छ । प्रहरीका अनुसार ती आभूषण चोरी गरेर अवैधरूपमा युक्रेनबाट बाहिर लगिएको थियो ।

हार, ब्रेसलेट र झुम्कासहित ११ वटा टुक्रा सन् २००९ र सन् २०१३ को बीचमा किएभ सङ्ग्रहालयमा प्रदर्शन गरिएको थियो र सन् २०१६ भन्दा पहिला युक्रेनबाट तस्करी गरेर ल्याइएको प्रहरीले एक विज्ञप्तिमा बताएको छ । प्रहरीका अनुसार ती सामग्री ईसापूर्व आठौँ र चौथो शताब्दीबीचको भएको अनुमान गरिएको छ ।

तीन स्पेनी र दुई युक्रेनी नागरिक (तीमध्ये एक अर्थोडक्स चर्चका पादरी) लाई कारवाहीका हिस्साका रूपमा गिरफ्तार गरिएको थियो । उक्त चर्चलाई युक्रेनका साथै अल्बानिया, बुल्गेरिया, साइप्रस र उत्तरी मेसेडोनियामा अधिकारीहरूको सहयोगमा सञ्चालन गरिएको थियो ।

प्रहरीका अनुसार कलाकृतिहरू युक्रेनी अर्थोडक्स चर्चका हुन् भन्ने देखाउनका लागि अङ्ग्रेजी, युक्रेनी र स्पेनी भाषामा नक्कली कागजात बनाइएको थियो ।

“यी यस्ता टुक्राहरू हुन् जसलाई लिलामी घरजस्ता सामान्य कानूनी माध्यमबाट बेच्न सकिँदैन”, प्रहरी प्रवक्ता अना रामोनले भने ।

सन् २०२१ मा एउटा टुक्रा भेडाको टाउको भएको सुनको बेल्ट म्याड्रिडमा एक व्यापारीलाई बिक्री गरिएपछि प्रहरीले आफ्नो अनुसन्धान सुरु गरेको थियो ।

उक्त अनुसन्धानबाट अन्य १० वटा कलाकृति प्राप्त भयो जसलाई प्रहरीले गत महिना संदिग्धहरूबाट बरामद गरेको थियो । ती टुक्राहरूको अध्ययन स्पेनको राष्ट्रिय पुरातत्व सङ्ग्रहालय र मुलुकको सांस्कृति सम्पदा संस्थानले गरिरहेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १२ : ५२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ