१० श्रावण २०८३, आइतबार | July 26, 2026

डा. बाबुराम भट्टराईले स्वीकारे आफ्नो असफलता



काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको स्वीकार गरेका छन् । सामाजिक सञ्जाल मार्फत आफ्नो प्रयास असफल भएको स्वीकार गर्दै उनले पुरानै शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले २०७२ सालदेखि नै अग्रगामी विचार सहितको ‘ नयाँ शक्ति’ को आवश्यकता महसुस गरे बताउँदै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएको बताएका हुन् ।

उनले भनेका छन्– ‘हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचार सहितको ‘ नयाँ शक्ति’ को आवश्यकता भनेका हौँ र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौँ। परन्तु बिचबिचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोसिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन। केही समय यता हामी आफ्ना गल्ती कमजोरीलाई सच्याएर नयाँ ढङ्गले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भइरहेका छौँ।’

उनले पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक भएको पनि भनेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ८ : २९ बजे

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले