२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

थारु समुदायको मेडरी नाच लोप हुने चिन्ता


१० कार्तिक २०८०, शुक्रबार  

130
Shares

मध्यविन्दु । थारु समुदायको पौराणिक महत्वको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु समुदायले आफ्नोे कला र संस्कृति जगेर्ना गर्न पहल गर्दै आए पनि पुरानो मेडरी नाच भने लोप हुने अवस्थामा पुगेको मेडरी नाच नचनिया दुलामणि गुरौले बताए ।

“मेडरी नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाईमा पाँचपाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर नाचिन्छ, यस नाचमा कम्तीमा एक सयदेखि बढीमा एक सय ५०सम्म नचनिया गोलाकार रूपमा नाच्ने गरिन्छ”, उनले भने ।

थारु समुदायका अन्य नाच भने युवापुस्ताले जगेर्ना गर्दै आए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको नचनिया गुरौले बताए। “दैवी शक्तिमा आधारित मेडरी नाच विशेष गरी दसैँ र तिहारलगायत पर्वमा नाच्ने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उनले भने, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधनी एकादशीसम्म नचाइने गरिन्थ्यो ।”

महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बीचमा ध्वजापताकासहितको ठूलो बासको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरवारको प्रयोग हुन्छ । यस नाचप्रति युवाको चासो भने हराउँदै गएको थारु अगुवा पुष्परत्न महतोले बताए ।

“जिल्लामा यो नाचका लागि प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने नियम बनाइएका कारण बाध्यताले पनि युवा जुट्छन्”, उनले भने, “तर आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवापुस्तामा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ ।” थारु समुदायको लाँठी नाच र झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाचप्रति चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । थारु संस्कृतिको पहिचान स्थापित गर्न यो नाचको निकै महत्व भए पनि नयाँ पिँढीले भने महत्व बिर्सिंदै गएको अगुवा महतोले बताए ।

“विगतमा मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले यो नाचलाई निरन्तरता दिन सकेनन् भने नयाँले चासो पनि देखाउन छाडे”, उनले भने, “अहिले नाच हराउँदै जान थालेको छ ।” थारु समुदायमा कृष्णलीला र महाभारतमा आधारित मेडरी नाच मात्रै देखाउने गरिएको छ भने सीताहरण नाच लोप हुने अवस्थामा पुगेको सम्बद्ध बूढापाकाले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : २३ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित