७ कार्तिक २०८३, शनिबार | October 24, 2026

रुपन्देहीको कञ्चनमा ८ वर्षीया बालिकामाथि बलात्कार, एक जना पक्राउ



बुटवल । रुपन्देहीमा ८ वर्षीया बालिकामाथि बलात्कार भएको छ । जिल्लको कञ्चन गाउँपालिकामा विहिबार ८ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका-३ का ४२ वर्षीय बुद्धबहादुर पुन रहेका छन् ।

कञ्चन-३ की बालिकालाई घरमा कोही नभएको मौका छोपी ललाई फकाई बलात्कार गरि आरोपित पुन फरार भएको प्रहरी चौकी रुद्रपुरले जनाएको छ । प्रहरीका अनुसार घटना लगत्तै ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डमा खटिएको सुरक्षा टोलीले पुनलाई कपिलवस्तु बाणगंगा नगरपालिका-१० स्थित कोठी खोलाबाट नियन्त्रणमा लिएको छ ।

बलात्कृत बालिकाको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १२ : ४९ बजे

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना