२० बैशाख २०८१, बिहिबार | May 3, 2024

योजनाबिहिन गाँउपालिकाका कारण खजुराका मुल सडकमा फोहरको डुङ्गुर



खजुरा । तस्वीरमा देखिएको दृष्य खजुरा गाँउपालिका वडा नम्बर ३ अन्तर्गत तिब्र शहरीकरणको क्रममा रहेका खजुरा बजार र १ नम्बर बजार बीचको दृष्य हो । स्थानीय सरकारले फोहर ब्यवस्थापनमा चासो नदेखाएपछि केही वर्ष देखि नेपालगन्ज गुलरिया मुल सडकमा रहेको यही स्थान स्थानीबासीका लागि डम्पिङ साइड बनेको छ ।

सिंहदरबारको अधिकार बोकेर स्थापना भएको स्थानीय तहले शासन गरेको दोस्रो कार्यकालको २ वर्ष पुग्दा पनि खजुराको मुल सडकमा थुप्रिएको फोहरको डुङ्गुरमाथि पालिका सरकारका जनप्रतिनिधिको दृष्टी पुग्न सकेको छैन । सानो क्षेत्रफलको जग्गामा ब्यापार ब्यवसाय गरेर बस्ने ब्यवसायीहरुले फोहर विसर्जन गर्ने कुनै बिकल्प नदेखेपछि रातीको समयमा मुल सडकको पेंडारी नालाको छेउछाउमा फोहर फाल्ने गरेका छन् ।

सरसफाई सिर्सकको ठुलो बजेट फ्रिज गराएको पालिका सरकारले शासन गरेको छैठौ वर्ष पुरा गर्दा खजुरा क्षेत्रमा न त फोहर ब्यवस्थापनको कुनै योजना बनाएको छ न त सरसफाई क्षेत्रमा कुनै काम गर्न सकेको छ । हुलाकी सडकको मुल सडककै किनारमा फोहरको डुङ्गुर थुप्रिएपछि सो सडक भएर यात्रा गर्ने यात्रीहरुले खजुराबासीलाई हेर्ने दृष्टीकोण नै नकारात्मक बनेको छ । नेपालगन्जबाट गुलरिया जाँदै गरेका रामचन्द्र त्रिपाठीले खजुरामा देखिएको फोहर स्थानीय सरकारको लज्जाको विषय भएको बताउँछन् ।

गतवर्ष फोहर ब्यवस्थापन शिर्शकमा ४ लाख मात्र बजेट बिनियोजन भएकोमा पालिकाले ३२ हजार ,८६० रुपैयाँ मात्र खर्च गरेर बाँकी बजेट फ्रिज गराएको थियो ।

खजुराका सक्रिय युवा उत्सव सिंजालीले खजुराका स्थानीयको पनि फोहर ब्यवस्थापनमा कमजोरी रहेको बताउँछन् । ‘स्थानीयले मुल सडकलाई फोहर फाल्ने ठांउ बनाउने, पालिकाले डम्पिङ साईड नखोज्ने, वडाले फोहर विसर्जनको ब्यवस्था नगर्ने । त्यसैका कारण नालामा फोहर थुप्रियो ।’ उनले भने ।

गाँउपालिकाको मुख्य ब्यवसायिक केन्द्र र मुल सडक रहेको खजुरामा फोहर थुप्रिनु बिडम्बना भएको स्थानीय ब्यवसायी रोशन सापकोटाले बताए । अघिल्लो कार्यकाल ग्रीनसिटीको नारामा मात्र सिमित भएको र नयाँ जनप्रतिनिधिहरुले पनि सिन्का नभाँचेको सापकोटाको आरोप छ ।

खजुरा वडा नम्बर ३ का वडा अध्यक्ष पुर्णबहादुर भण्डारीले भने कार्यपालिकाको बैठकले फोहर ब्यवस्थापनका बिषयमा निर्णय गर्दै ट्याक्टर खरिद भइसकेको र निकट भविश्यमा धनौली देखि कपास गेट सम्म र मनकामना चोक देखि बि गाँउसम्मको फोहर संकलन थालिने जानकारी दिए । पालिकाले मानखोलाको किनारमा डम्पिङ साइड पहिचान गरिसकेको उल्लेख गर्दै भण्डारीले त्यसको बिकल्पमा कपास फारम पछाडीको चिहानघाटलाई राखिएको बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १० : २१ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक