१६ बैशाख २०८१, आइतबार | April 29, 2024

चाडपर्वमा बुटवल प्रहरीको सक्रियता : बिभिन्न घटनामा संलग्न १२ जना पक्राउ



बुटवल । बुटवल प्रहरीले बडादसैंका क्रममा बुटवल क्षेत्रमा भएका बिभिन्न घटनामा संलग्न १२ जनालाई पक्राउ गरि कारवाही चलाएको छ । आम नागरिकले बडादसैं मनाइरहेको मौका छोपी चोरीगर्ने र लागुऔषध बिक्रि गर्ने बिभिन्न १२ जनालाई आज एकै पटक प्रहरीले सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गर्दै दसैं अवधिमा घटेका ७ वटा छुट्टाछुट्टै घटनामा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार गत आसोज १७ गते राती तिलोत्तमा नगरपालिका वडा नं.५ मणिग्राम स्थित सांग्रीला डेभलपमेन्ट बैंक र कामना बहुउदेश्यीय सहकारी संस्था लि. को गेटमा लगाएको ताला फोडी भित्र प्रवेश गरी सहकारी संस्थाबाट ३ लाख ५७ हजार ६ सय र सि.सि.क्यामराको व्याकअप(डिभिआर) तथा साङ्ग्रीला डेभलपमेन्ट बैँकबाट बैकको प्रबन्धकले प्रयोग गर्ने ल्यापटप, सि.सि.क्यामराको व्याकअप(डिभिआर) र खुकुरी चोरी गर्नुका साथै बैँकको नगद रहेको भल्ट राखेको कोठामा तोड्फोड गरी क्षति पुर्‍याएका बिकाश नगर काँलोनी, फरटिलाईजर टाउनशिप, गोरखपुर, उत्तर प्रदेश भारत घर बताउने प्रचण्ड बिक्की ठाकुर भन्ने आकाश सिंह, ६३३ मोहरीपुर सावित्री स्कुल तरहवा गोरखपुर,उत्तर प्रदेश २७३००७ घर बताउने सोनु भन्ने जितेन्द्र यादव र जंगल हाकीम नं.२ मोहनापुर, बडकाटोल गोरखपुर उत्तर प्रदेश भारत २७३०१४ घर बताउने अरबिन्द भन्ने बिष्णु सहानीलाई कार्तिक ४ गते पक्राउ गरिएको छ । ।

पक्राउ परेकाहरुले सिद्धार्थनगर नगरपालिकामा बिभिन्न समयमा चोरी गर्ने कार्य गरेको भन्ने खुल्न आएको समेत प्रहरीले जनाएको छ ।

त्यस्तै गत असोज १८ गते सिद्धबाबा मन्दिर परिसरमा पार्किङ गरेर राखिएको शिशिर खनालको लु ९३ प ७०१० नं.को मोटरसाईकल चोरी गर्ने गुल्मी मालिका गाउपालिका ३ का सोनु खड्का र रुपन्देही बुटवल उप(महानगरपालिका ३ का कृष्ण क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । बुटवलमा चोरी भएको मोटरसाइकल चलाइरहेको अवस्थामा गत असोज १९ गते तिनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

दसैंको पेरिफेरिमा गत कार्तिक ४ गते दिउँसो ४ बजेको समयमा वुटवल उपमहानगरपालिका वडा नं ११ देविनगर स्थित ईन्द्र बहादुर खत्रीको डेरा कोठाबाट सुनको औठी तथा कानमा लगाउने टप चोरी गरी लगेको अभियोगमा रुपन्देही बुटवल उमनपा(११ की अंशिका पल्ली मगरलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । पल्लीबाट चोरी गरेको सुन र नगद फेला परेको प्रहरीको भनाई छ । सोही प्रकृतीको चोरी गरेर भाग्दै गरेका एकजनालाई पनि स्थानीयबासीले नियनत्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

गत कार्तिक ७ गते बिहान ०२ः२० बजेको समयमा तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगर स्थित गंगा बहादुर कुँवरको घर कोठामा प्रवेश गरी नगद साठीहजार, आधा तोला सुनको तिलहरी चोरी गरेको र चोरी गर्ने व्यक्ती माथी तलाबाट हामफाली भाग्ने क्रममा घरधनी कुँवर सहित स्थानीयले नियन्त्रणमा लिएर भारत दार्जलिङ घर बताउने कमल थापालाई प्रहरीमा बुझाएको प्रहरीले जनाएको छ ।

त्यसैगरि चोरीको सामान लिएर बुटवल बसपार्कमा भाग्दै गरेका ३ जनालाई पनि बुटवल प्रहरीले पक्राउ गरि कारवाही चलाएको छ । कार्तिक १० गते राति ११ः०० बजेको समयमा बुटवलको नयाँ बसपार्कमा गस्तीमा रहेको प्रहरीले तामाको भाँडाकुँडा र र नगर ५ हजार चोरी गरि भाग्दै गरेको अवस्थामा बुटवल ४ का अबिषेक थापा र सिद्धार्थ जंग लामा भन्ने सन्देश नेपाली तथा पाल्पा, तानसेन नगरपालिका वडा नं।४ का सन्तोष थापालाई पनि प्रहरीले पक्राउ गरि कारवाही चलाएको छ ।

बुटवल प्रहरीले हिजो बिहान ४ बजेको समयमा बुटवल उप(महानगरपालिका वडा नं ११ बुद्धनगर स्थित हेमन्त सुनारको कोठा भित्र पसी खाटको सिरानीमा राखेको मोवाईल २ थान र नगद पाँच हजार चोरी गर्ने बुटवल ११ बुद्धनगरका सुमित परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चाडपर्व सुरक्षा योजना अन्तर्गत कार्तिक ८ गते तिलोत्तमा नगरपालीका वडा नं. ९ मंगलापुर स्थित सिद्दार्थ राजमार्गको मुख्य सडक खण्डको पुर्व पट्टिको सर्भिस लेनमा सवारी दुर्घटना भएको भन्ने सूचनाका आधारमा उद्धार गर्ने क्रममा लु ५८ प ४१९५ नम्बरको मोटरसाईकल दुर्घटना भएको अवस्थामा घाइते भएका चालक स्याङ्जा चापाकोट नगरपालिका वडा नं. ९ घर बताउने स्वस्तिक भक्त भण्डारीबाट दाँया खुट्टाको घुडामा सेतो पलाष्टिकको (पानी टेप) टेपले बेरि लुकाई छिपाई राखेको अवस्थामा लागु औषध सेरिज्याक २ एमएलका दरको २२ एम्पुल्स, फेनारागन २ एमएलका दरको २१ एम्पुल्स र तालाजेसिक २ एमएलका दरको २६ एम्पुल्स सहित फेला पारी भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई कसुर अनुसारको अभियोग लगाई अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ९ : ४१ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क