२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

नेपाललाई लगानीको गन्तव्य बनाउन आवश्यक छ : पूर्व अर्थमन्त्री आचार्य



चितवन पूर्वअर्थमन्त्री महेश आचार्यले देशको अर्थतन्त्रमा सुधार ल्याउन अभियानाका रूपमा आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

आज चितवनमा पत्रकारहरुसँगको कुराकानीमा आचार्यले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरी जागरुक गराउने खालको अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

“जुन अभियानले लगानीका गन्तव्य नेपाल बनोस् । देशभित्रका उद्यमी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न सजिलो बनाउने गरी सरकारले नीति निर्माण गरोस् पूर्वअर्थमन्त्री आचार्यले भने, “लगानीकर्तालाई लगानीका लागि हिन्दूस्तान, चीन, बङ्गलादेश र श्रीलङ्का जानुभन्दा नेपालमा सजिलो छ भन्ने वातावरण बनाइ लागनीको गन्तव्य बनाउन सिङ्गो देश लाग्नुपर्छ ।”

राजनीतिक स्थिरतासँगै जिम्मेवार सरकारले यसमा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले भने, “मुलुकमा लगानी बढाउन र समुदायको आयआर्जनलाई फराकिलो बनाउन आवश्यक छ । जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।”

निर्यात साँघुरो बन्दै गएको, आयातमा निर्भरता बढ्दै गएको र राजस्व परिचालन अपेक्षाअनुसार हुन नसक्दा खर्चको संरचना नियन्त्रण बाहिर जान खोजेजस्तो देखिएको उनको भनाइ थियो । चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा असन्तुलन बढेको उनले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  २ : २३ बजे

स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सशस्त्रका २३ जना एसएसपीको सरुवा र पदस्थापन (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी)

In Dolakha’s government schools, China’s support: establishment of libraries and distribution of sports materials.

Kathmandu: During International Children’s Day, a joyful and harmonious China–Nepal

दोलखाको सरकारी विद्यालयमा चीनको सहयोग, पुस्तकालय स्थापना र खेल सामग्री वितरण

काठमाडौ । नेपाल–चीन सीमा दोलखा जिल्लाको एक सरकारी विद्यालयका बालबालिकाको

कालीगण्डकी करिडोर : खामभित्तामा पहिरो रोकथाम योजना

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पर्ने खामभित्तामा पहिरो रोकथाम