८ माघ २०८२, बिहिबार | January 22, 2026

भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच पक्राउ



काठमाडौं । भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरुवा नगरपालिका–९ बस्ने ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका–८ बस्ने ४९ वर्षीय कारीईसार केवट, खोटाङ रुपाकोट मजुवागढी नगरपालिका–१५ बस्ने २८ वर्षीय अर्जुन भट्टराई तथा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका छन् ।

कतार एयरको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरुले भन्सार छली गरी सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ सिनामङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले बताए ।

उनीहरुको साथबाट प्रहरीले रु २६ लाख ५१ हजार आठ सय पाँच दशमलव ४७ मूल्य बराबरको तीन थान सुनको ढिक्का (जम्मा तौल दुई सय १४ दशमलव ३६ ग्राम), तीन थान सुनका सिक्री (जम्मा तौल ५० दशमलव ०१ ग्राम) र नगद रु एक लाख १० हजार बरामद गरेको जनाएको छ ।

उनीहरुलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौँमा पठाइएको प्रवक्ता रेग्मीले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : ४४ बजे

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित