२ पुस २०८२, बुधबार | December 18, 2025

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले टस हार्‍यो, पहिले बलिङ गर्ने



काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियासँग टस हारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा मलेसियाका अहमद फैजले टस जितेका हुन् । उनले पहिला ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छन् ।

यो सगै नेपालले अब बलिङ गर्नेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । घरेलु टोली नेपाल लगातार दोस्रो जित हात पार्दै सेमिफाइनल यात्रा सहज बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ ।

नेपाल आजको खेलमा जित हात पारेमा सेमिफाइनलमा पुग्न सहज हुने छ । नेपालले अब तेस्रो खेल ओमानसँग खेल्नेछ । ओमान पनि दुई खेलमा जित पारेको टोली हो ।

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिइएको छ ।

नेपालको प्लेइङ ११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अविनाश बोहरा ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : १५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल