२ पुस २०८२, बुधबार | December 18, 2025

विश्वकप एसिया छनोट : बहराइन विजयी



काठमाडौं । आइसिसी टी-२० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय २६ रनमा समेटियो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । जिशान अलिले २१, एजिज खानले १९ तथा नस्रुला रानाले १६ रन बनाए । त्यसबाहेक अन्य कुनैपनि खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् ।

बहराइनका लागि अब्दुल मजिदले तीन विकेट लिए भने रिजवान बुटृ र अली दाउदले समान दुई÷दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै एक सय ४६ रनको योगफल बनाएको थियो । उसका लागि इमरान अलीले ४३ बलमा ५ चौका र ३ छक्कासहित ६२ रन बनाए । इमरान अनवरले १५, हैदर बुटृले १४ तथा रिजवान बुटृले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

हङकङका लागि नस्रुला रानाले तीन विकेट लिए भने एहसान खान, अजिज खान र यासिम मुर्तजाले समान दुई-दुई विकेट लिए । जितसँगै बहराइनले दुई अङ्क जोडेको छ । हिजो भएको पहिलो खेलमा बहराइन युएईसँग पाँच विकेटले पराजित भएको थियो ।

हङ्कङको भने यो पहिलो हार हो । हिजो भएको खेलमा हङकङले कुवेतलाई ३१ रनले हराएको थियो । हङकङले अव बिहीबार युएईसँग खेल्नेछ भने बहराइनले बिहीबार कुवेतसँग खेल्नेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  २ : ३० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल