१४ पुस २०८२, सोमबार | December 30, 2025

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या



काठमाडौं । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ ।

उक्त समस्याका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि आवश्यक पर्ने अनलाइन प्रणालीका कागजात एवं अन्य काम गर्न नसकिएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने गरेको श्रमिकको ओरेन्टेशन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएकाले पुनःसञ्चालनका लागि काम भइरहेको छ ।

फेमिसमा देखिएको समस्याकै कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्णरुपमा प्रभावित नभएको उनले बताए । अधिकृत शाहीले, “काम पूर्णरुपमा असर परेको छैन, केही समस्या भएको छ, प्राविधिक साथीहरुले केही दिन यतादेखि काम गरिरहेका छन् ।”

यसैगरी विभागले एक सूचना जार गरी नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक सेक्सनलाई स्किप गर्ने र ओरेन्टेशन सेक्सनको लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाहरुबाट जारी गरेको दुई दिने अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र फेमिस प्रणालीमा अपलोड गर्ने व्यवस्था मिलाइएकाले सोही बमोजिम गर्नु गराउन हुन सबैलाई अनरोध पनि गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  २ : २८ बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते